Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

साताको सेयर बजार

साताभरमा ३४ अर्ब गुमाए सेयर लगानीकर्ताले

इकागज | असोज १, २०७९

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साता २७ अंकले ओरालो लागेको छ । साताभरको कारोबारमा नेप्से परिसूचक २७.३६ अंकले गिरावट भएको हो । यस साता ६ दिनको कारोबारमा २ दिन परिसूचक बढ्दा ४ दिन घटेको थियो।

गत साता  १९३७.७४ मा रहेको बजार परिसूचक यस साताको अन्तिम कारोबारमा पश्चात १९१०.३८ मा झरेको छ। गत साता कारोबार परिसूचक ३२ अंकले घटेको थियो।  साताको सुरुवातमै ओरालो लागेको बजार मंगलबार २१ तथा बुधबार ४७ अंकले बढेर बजार केही सुधार हुन पुगेको थियो। साताको ६ कारोबार दिनमा नेप्से परिसूचक करिव १.५ प्रतिशतले घटेको छ ।

यस्तै साताभरमा सेन्सेटिभ इन्डेक्स ४.९४ अंक, फ्लोट इन्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८१ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि यस साता कारोबार रकम भने गत साताको तुलनामा सामान्य बढेको छ । साताभरमा करिब ६ अर्बको कारोबार भएको छ। गत साताभरको कारोबार करिव ५.५ अर्ब रहेको थियो।

कारोबारको दिन

अंक घटबढ

कारोबार रकम

आइतबार

११.४७

७४ करोड ७२ लाख

सोमबार

१३.५९

८३ करोड १६ लाख

मंगलबार

२१.३०

९२ करोड २५ लाख

बुधबार

४७.४६

१ अर्ब ४५ करोड ३८ लाख

बिहीबार

५७

२ अर्ब १२ करोड ५६ लाख

शुक्रबार

-१४.१०

९० करोड ८१ लाख

जम्मा

२७.३६

५ अर्ब ९८ करोड ८८ लाख

आइतबार

साता तथा कारोबारको सुरुवात दिन आइतबार बजार परिसूचक पनि दोहोरो अंकले घट्यो। आइतबार बजार परिसूचक ११.४७ अंकले घट्दा कारोबार रकमपनि उच्च गिरावट आएको थियो। अघिल्लो साता १ अर्ब ७ करोड रुपैयाँ कारोबार भएको बजार यस साताको सुरुवातमा ७४ करोड ७२ लाखमा सीमित रह्यो ।

यस्तै आइतबार दिनभरमा २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार १२४ पटक किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार अन्य समूह बाहेक सबै समूहमा राताम्मे छाएको छ । बैंकिङ समूह ०.२५ प्रतिशत, विकास बैंक समूह १.४८ प्रतिशत, फाइनान्स समूह १.३९ प्रतिशत, होटल तथा पर्यटन समूह १.४१ प्रतिशत, जलविद्युत समूह १.५४ प्रतिशत, लगानी समूह १.०२ प्रतिशत, बीमा समूह ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत, लघुवित्त समूह ०.८३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५७ प्रतिशत, निर्जीवन बीमा समूह ०.४९ प्रतिशत र व्यापार समूह ०.६० प्रतिशत घटेको छ ।

यस्तै, आज अन्य समूह भने ०.२९ प्रतिशतले बढेको छ । जसमा नेपाल रि-इन्स्योरेन्सको सेयर मूल्य बढेको छ भने नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य घटेको छ ।

सोमबार

साताको दोश्रो कारोबारको दिन सोमबार सेयर बजार पुन: घटेको थियो। आइतबार ११ अंकले घटेको बजार सोमबार १३.५९ अंकले घट्यो। सोमबार आइतबारको तुलनामा कारोबार रकम केही उकालो लाग्यो। सोमबार ८३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। त्यस्तै २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर २० हजार ५ सय ५८ पटकमा खरिद भएको थियो। ९८ करोड ८८ लाख

मंगलबार

प्रथम र दोश्रो कारोबारमा घटेको बजार तेश्रो कारोबारमा भने सुधार देखियो । मंगलबार सेयर बजार परिसूचक २१.३० अंकले सुधार भएको थियो । कारोबार रकम पनि अघिल्ला दुई दिनको तुलनामा पनि उकालो लागेको थियो। मंगलबार ९२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

बुधबार

साताको चौथो कारोबारमा बजार परिसूचक उच्च अंकको सुधार देखियो । बुधबार सेयर बजार ४७.४६ अंकको सुधार देखियो। बजारसँगै कारोबार रकममा पनि सुधार हुँदै १ अर्ब ४५ करोडको रुपैयाँ सेयर खरिद बिक्री भएको थियो।

बिहीबार

मंगलबार र बुधबार केही सुधार देखिएको सेयर बजार बिहीबार पुन: ५७ अंकले गिरावट हुन पुग्यो ।  बजार उच्च अंकले घटेपनि कारोबार रकममा भने २ अर्ब १२ करोड रूपैयाँमाथि पुगेको थियो । सो दिनको कारोबारमा बजारसँगै उप समूहका सबै परिसूचक अंक घट्न पुगेको थियो।

शुक्रबार

साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजार परिसूचक १४.१० अंकले घटेर साताको परिसूचक बन्द भएको थियो। शुक्रबारको कारोबारमा ९० करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । यसरी साताको अन्तिम कारोबारमा १९१०.३८ झरेर साताको कारोबार बन्द भएको थियो।  

कारोबार रकम

साताभरमा सेयर बजारमा करिब ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। साताभरमा सेयर बजारमा ५ अर्ब ९८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ। यस्तै  नेप्सेको कुल बजार पुँजीकरण यस साता ३४ अर्ब घटेको छ। गत साताको अन्तिम कारोबार पश्चात २७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण साताभरमा ३४ अर्ब घट्दा २७ खर्ब ४४ अर्बमा कायम छ।

उप-समूहतर्फ

साताभरमा उप-समूहतर्फ व्यापारको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेका छन्। व्यापार समूह १.५५ प्रतिशत बढेको छ । बाँकी १२ उप समूहमा जलविद्युत क्षेत्र सबैभन्दा बढी ४.११ प्रतिशत घटेको घटेको छ।

 

 

 

एसियन लाइफ इन्स्याेरेन्सका संस्थापकले १ लाख कित्ता सेयर बिक्री गर्ने

इकागज | भदौ २२, २०७९

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले बुधबारदेखि आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थाप...