नेप्से साताको दोश्रो कारोबारमा पनि ओरालोतर्फ
काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोस्रो कारोबारमा पनि गिरावट आएको छ। आइतबार ७.७२ अंकले घटेको बजार सोमबार पनि ७.३८ अंक घटेको हो।
सोमबार तीव्र उतारचढाव रहेको बजार अन्त्यमा नकारात्मक रहन पुग्यो। बजार ७ अंकले घट्दा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.४७ अंक घटेर ३९७.११ मा झरेको छ।
बजार ७ अंकले घट्दा आज कारोबार रकममा पनि कमी आएको छ। आइतबार २ अर्ब ४ करोड बढी कारोबार भएको बजारमा सोमबार १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय ३० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।
यस्तै ५२ लाख ३० हजार ७ सय ६३ कित्ता सेयर ३१ हजार ७ सय ९५ पटकमा खरिद बिक्री भएको थियो। बजार घट्दा आज उप समूहतर्फ म्युचुअल फण्ड बाहेक बाँकी समूहको सेयर मूल्य घटेको छ।
बजार घट्दा सोमबार कारोबार भएका जम्मा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।