सेयर बजारमा तीव्र उतारचढाव

इकागज | असार ३, २०७८

काठमाडौँ : अघिल्ला साताहरूको तुलनामा यो साता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । निरन्तर उचाइ कायम गरिरहेको नेप्से यो साता अधिकांश कारोबार घटेको छ । सामान्य समयमा भन्दा यो साताको नेप्से कारोबारमा आएको उतारचढावको कारण फरक छ ।

धितोपत्र बोर्डले मूल्यमा चलखेल भएको आशंकामा रहेका ५१ कम्पनीहरूको सूची सार्वजनिक गरेपछि लगातार उतारचढाव आइरहेको छ । दैनिक रूपमा नेप्से परिसूचक घट्दै गएपछि हरेक दिनको कारोबार अवधिमा नेप्से परिसूचकमा तीव्र उतार चढाव देखिएको छ । 

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार तीव्र उतारचढावकाबीच नेप्से परिसूचक एक दशमलव २९ बिन्दुको सामान्य अंकले घटेको छ । कारोबार सुरु भएको आधा घन्टामा ३८ अंकले घटेको थियो । त्यसपछि आधा घन्टा फेरि बढेर ओरालो लाग्यो । साढे एक बजेसम्म नेप्से २९८९ बिन्दुमा पुगिसकेको थियो ।

सामान्य घटबढ सहित नेप्से २९६८.४३ बिन्दुमा पुगेर रोकियो । होटल तथा पर्यटन समूह, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहबाहेकका परिसूचक कमजोर देखिए । 

कारोबार रकममा भने ठूलो गिरावट आएको छ । १० अर्ब ९० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख २४ हजार पाँच सय ६१ पटकको कारोबारमा दुई करोड कित्ता बराबर सेयर किनबेच भएको छ ।     

छानबिनमा परेका ५१ कम्पनीको सूची बाहिरिएपछि ५२ अंकले घट्यो नेप्से

इकागज | असार २, २०७८

काठमाडौँ : धितोपत्र बोर्डले ५१ कम्पनीमा अस्वाभाविक चलखेल भएको आशंकामा छानबिन अघि बढाउने भएपछि सेयर बजार…

दुई फाइनान्स र एक डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सर्किट ब्रेकर

इकागज | जेठ ३०, २०७८

काठमाडौँ : आइतबार तीन वित्तीय संस्थाको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स, …

३००० बिन्दु चुमेर सामान्य अंकले घट्यो नेप्से, कारोबार करिब १७ अर्ब

इकागज | जेठ २६, २०७८

काठमाडौँ : सुरुवाती कारोबारमा तीन हजार अंक पार गरेर नेप्से परिसूचक अन्तिममा सामान्य अंकले घटेको छ । १३…

सेयरबजार पुँजीकरण अर्थतन्त्र जत्रै : के लगानी जोखिममा छ ?

पवन तिमिल्सिना | जेठ २४, २०७८

काठमाडौँ : नेपाली पुँजीबजारको आकार कूल गार्हस्थ उत्पादनकै हाराहारी पुगेको छ । केन्द्रीय तथ्यांक विभागले च…