समाज

न्युरोडको फुटपाथमा ढिलासुस्ती

सडकमा छरपष्ट निर्माण सामग्रीबाट हैरान स्थानीय र व्यापारी

अतिन आचार्य | साउन १४, २०८१
काठमाडौँ- पाटन उच्च अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले वडा नम्बर २४ मा फुटपाथ बढाउन न्युरोडबाट सुरु गर्‍यो । लगत्तै फुटपाथ बढाउन महानगर पनि अदालतको आदेश लिएर सडकमा डोजर लिएर निस्कियो । अहिले भने फुटपाथको काम अगाडि बढ्न सकेको छैन । वडा नम्बर २२ मा भने मङ्सिर २ गतेसम्म फुटपाथ बढाउन नपाइने गरी महानगरले जनप्रतिनिधि र स्थानीयवासीसँग सम्झौता गरिसकेको छ । केही समयअघि महानगरले विस्तार गरेको फुटपाथ सडक...