पर्यटन

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

इकागज | फागुन २१, २०८०

गलकोट (बागलुङ)- बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्रह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ ।

महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही फागुन ९ देखि सञ्चालन भइरहेको महायज्ञमा देशभरबाट दर्शनार्थी आइरहेको बताउँदै पछिल्ला दिनमा दर्शनार्थीको भीड नै लागेको हो । 

दैनिक तीन हजारदेखि १० हजारसम्म दर्शनार्थी आउने गरेको महायज्ञमा शनिबार भने ३० हजार बढी दर्शनार्थी पञ्चकोट आएको सर्वसिद्धिधाम पञ्चकोट परिषद् समितिका अध्यक्ष दामोदर शास्त्री दाहालले बताए । अत्यधिक भिडका कारण शनिबार ट्राफिक जाम नै भएको उनको भनाइ छ । शनिबार बिदा हुनुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थिति भएपछि महायज्ञमा दर्शनार्थीको भिड बढेको उनले बताए । 

'धार्मिक कार्यमा आएका भक्तजनको कुनै गणना गर्ने व्यवस्था थिएन, ९० रोपनी जग्गामा फैलिएको पञ्चकोट दर्शनार्थीले भरिएको थियो, बागलुङ बजारबाट पञ्चकोटसम्म सवारीसाधनको लस्कर थियो,' अध्यक्ष शास्त्रीले भने, 'एकै दिन तीसदेखि ५० हजारसम्म दर्शनार्थी आएको हाम्रो अनुमान छ, पञ्चकोटमा हजारौँको सङ्ख्यामा आएका बस, कार, भ्यान र मोटरसाइकल आएकाले सो अनुमान गरिएको हो ।' ट्राफिक जामका कारण सबै दर्शनार्थी पञ्चकोट पुग्न नपाएको उनले बताए ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना भइरहेको महायज्ञ नेपालमै पहिलो पटक गर्न थालिएको आयोजकको दाबी छ । महायज्ञमा सहभागी हुन यही फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल र गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल आइसकेका छन् ।

साथै नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महत, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति भइसकेका छ । यही फागुन  २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष नेता आउने कार्यक्रमसमेत छ । 

जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न आयोजना गरिएको ब्रह्माण्डीय महायज्ञमा आउने दर्शनार्थीको ट्राफिक व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन न्यूरेले बताए । 

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो । महायज्ञभर कथा वाचक पाठ बाहेक हरेक दिन फरक–फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि भइरहेको छ । 

महायज्ञको अवसरमा आइतबार कला र साहित्य सम्मेलन सम्पन्न भएको थियो । पञ्चकोट पुग्ने पर्यटकको सङ्ख्याका आधारमा सडक फराकिलो हुन आवश्यक रहेको बागलुङ नगरपालिका-६ का वडाध्यक्ष रुद्र केसीले बताए । रासस

पाथीभरा मन्दिरमा संकलन भएको १७८ तोला सुन समितिले बिक्री गर्ने

इकागज | फागुन २१, २०८०

काठमाडौँ- ताप्लेजुङको पाथीभरा मन्दिरमा संकलन भएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले बिक्री गर्ने भ...

फेयरफिल्ड म्यारिओट काठमाडौँले सातौं वार्षिकोत्सव मनाउँदै

इकागज | फागुन २०, २०८०

काठमाडौँ- नेपालको म्यारिओट ब्राण्ड होटल फेयरफिल्ड वाई म्यारिओटले सातौं वार्षिकोत्सव मनाउने भएको छ । म्यार...

निगम सुधारबारेको ‘प्रतिवेदनमाथिको प्रतिवेदन’ संस्कृतिमन्त्री किराँतीलाई बुझाइयो

इकागज | फागुन १७, २०८०

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई नेपाल वायुसेवा निगम सुधारबा...

नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्षः धरानमा सडक यातायातको पहुँच छ, विमानस्थल बन्दैन

इकागज | फागुन १५, २०८०

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न नसकिने निष्कर्ष निकालेको छ । केह...

लुम्बिनीमा फोहोरको समस्या जटिल बन्दै, पर्यटकमा नकारात्मक प्रभाव

इकागज | फागुन ११, २०८०

लुम्बिनी- बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहोरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध...

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

इकागज | फागुन ६, २०८०

काठमाडौँ- अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती...

मुक्तिनाथ केबलकार : पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाई असर नगर्ने

इकागज | फागुन ४, २०८०

पर्वत- जिल्लाको मोदी गाउँपालिका-१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार न...