पर्यटन

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

इकागज | असोज २७, २०७९

लमजुङ- चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेकाे हिमपात र अविरल वर्षाका कारण अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यस्तै एक साताको अवधिमा यस क्षेत्रबाट पाँच सय  ८१ जना पर्यटक पदयात्राबाट बाहिरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकजाँच केन्द्र धारापानीले जनाएको छ ।

यसरी फर्किने धेरैजसाे इजरायली पर्यटक छन् । केही फ्रान्स, जर्मन, इटली, बेलायत, अमेरिका, भारतका साथै नेपाली पनि छन् । केही पर्यटक अझै मनाङमै छन् । यहाँ दैनिक ७० देखि ८० जना विदेशी पर्यटक आउने गरेकाे पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनका अनुसार हिमपात जारी छ । त्यो हेर्न पनि पर्यटक आएका हुन् । केही पर्यटक रोकिएको र केही थोराङ्ला भन्ज्याङ (५,४१६ मिटर) पार गरेर मुक्तिनाथ पुगेकाे उनले बताए ।

एक्याप धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मंगलबार मात्रै चक्रीय अन्नपूर्ण पदमार्गमा दुई सय पर्यटक भित्रिएका छन् । 

'टेनएक्स' क्लबको पहिलो 'एनिभर्सरी' दुई दिन , गायक अनिल सिंह र कालीप्रसादले दर्शक नचाउँने

इकागज | असोज २७, २०७९

काठमाडौँ- ठमेलस्थित ‘टेनएक्स’ क्लबले पहिलो वार्षिकोत्सव मनाउने भएको छ । वार्षिकोत्सवमा नेपाल...

वर्षा र हिमपातले जोखिम बढ्ने भन्दै अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

इकागज | असोज २३, २०७९

लमजुङ- वर्षा र हिमपातपछि अन्नपूर्ण पदमार्गमा पुगेका पर्यटक फर्किन थालेका छन् । वर्षा र हिमपात भइरहेको समय...