पर्यटन

एक महिनामै पाैने लाख पर्यटक नेपाल भित्रिए

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- ११ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५ लाख ४६ हजार २१६ पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि नोभेम्बरसम्ममा विभिन्न मुलुकका विदेशी नागरिकसहित कूल ५ लाख ४६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका हुन् ।

नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ पर्यटक भित्रिएका छन् । युरोपेली मुलुकबाट मात्र १७ हजार २२९ पर्यटक प्रवेश गरेका हुन् ।

दक्षिण एशियाली मुलुकबाट २४ हजार ५९९ पर्यटक आएका छन् । बंगलादेशबाट २ हजार २१८,  भारतबाट २० हजार ५३२, पाकिस्तान ३३७, भुटान ४९४ र श्रीलंकाबाट १ हजार १८ पर्यटक प्रवेश गरेका हुन् ।

एक महिनामै बेलायतबाट मात्र ५ हजार १६५ पर्यटक आएका थिए । त्यसैगरी अमेरिकाबाट ७ हजार ८३१ पर्यटक आएका छन् ।

सन् २०२२ अक्टोबरसम्ममा ८५ हजार २२६ विदेशी पर्यटक बाहिरीएका छन् ।

बोर्डका अनुसार  सन् २०२० १ हजार ९५६, सन् २०२१ मा २६ हजार १३५ र २०२२ को नोभेम्बर महिनासम्ममा ५ लाख ४६ हजार २१६ पर्यटक भित्रिएका छन् ।

चार महिनामा ८६ हजार पर्यटकले अवलोकन गरे चितवन राष्ट्रिय निकुञ्ज

इकागज | कात्तिक २९, २०७९

कावासोती- वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जम...

जलवायु परिवर्तनप्रति चेतना जगाउने उद्देश्यले सगरमाथाबाट स्काई ड्राइभिङ

इकागज | कात्तिक २९, २०७९

काठमाडौँ- जलवायु परिवर्तनको असरले नेपालका हिमालहरू पग्लन थालेको भन्दै युवा पुस्तामा चेतना जगाउने...

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै

धनबहादुर गुरुङ | कात्तिक २८, २०७९

पोखरा- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १ जनवरी २०२३ देखि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय ...

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

इकागज | कात्तिक २६, २०७९

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध ...