पर्यटन

अब यती एयरलायन्सका यात्रुले उडानमै भिडियो हेर्न र होटल बुक गर्न पाउने

इकागज | असार २१, २०७९

काठमाडौँ - यती एयरलायन्सले 'इन्फ्लाइट इन्टरटेन्मेन्ट' सेवा सुरु गर्ने भएको छ । आफ्ना यात्रुहरूलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्न मनोरञ्जन सेवा सुरु गर्न लागेको हो ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउने बताएका छन् । उनका अनुसार इन्फ्लाइट मनोरञ्जनका लागि वायुयान भित्र हरेक उमेर समूहलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक भिडियो, गित–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ ।

उनले भने,' हामी विश्वस्त छौं, यती एयरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ ।'  यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरू बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरू पनि हुनेछ ।

यथाशिघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्ने उद्देश्यले आजदेखि परिक्षण सुरु भएको छ । परीक्षण सफल भएमा एक सातादेखि लागू हुने उनको भनाइ छ ।

परीक्षणपछि यती एयरलाईन्सको सम्पूर्ण वायुयानहरूमा यो सुबिधा उपलब्ध हुनेछ । 'विमानभित्र रहेको डिभाइसमा कनेक्ट भएपछि यात्रुले क्याबमा भएको मनोरञ्जनात्मकमूलक सामग्रीको उपयोग गर्न पाउने छन्,' उनले सुनाए ।

यात्रुहरूले फेसबुक जस्ता अन्य सामाजिक सञ्जाल चलाउनका लागि इन्टरनेट सेवा नपाउने उनले जानकारी दिए ।

पाकिस्तानको नंगा पर्वत आरोहण गर्ने पहिलो नेपाली महिला बनिन् पासाङ ल्हामू शेर्पा

इकागज | असार २०, २०७९

काठमाडौँ – पासाङ ल्हामू शेर्पा अकिता पाकिस्तानको नंगा पर्वत (हिमाल) आरोहण गर्ने पहिलो नेपाल...

त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

इकागज | असार १६, २०७९

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्...