पर्यटन

थप १७५ हिमालको व्यवस्थापनको जिम्मा दिन माग

इकागज | असार १४, २०७९

काठमाडौँ- नेपाल पर्वतारोहण संघले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ । स‍ंघले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग संघ भेट गरी उक्त माग गरेको हो । सं‍घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरे । 

संघले गरेका कामको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक रहेकाे संघका अध्यक्ष शेर्पाले जानकारी दिए । संघले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ । 

संघले विसं २०७५ देखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट संकलित सलामी दस्तुरमध्ये ४५ प्रतिशत संघ र ५५ प्रतिशत सरकारले बाँडफाँट गर्दै आएका छन् । यी हिमाल पुनः पाँच वर्षको नवीकरण गर्न संघले प्रधानमन्त्री समक्ष माग गरेको छ । संघले आरोहीको कल्याणमा खर्च गर्ने गरी कोष खडा गरिदिन सरकारसँग आग्रह गरेको छ ।

आत्मालोचना गर्दै बुद्ध एयरले भन्योः आगामी दिनमा उडान सेवा बन्द गर्नेछैनौँ

इकागज | असार ८, २०७९

काठमाडौँ - बुद्ध एयरले आगामी दिनमा उडान सेवा अवरुद्ध नगर्ने प्रतिबद्धता जनाएको छ । बुद्ध एयरले यात्रुहरू...

सबै जहाज राख्‍न त्रिभुवन विमानस्थल रत्‍नपार्क होइन :  महानिर्देशक अधिकारी

इकागज | असार ७, २०७९

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवा...

पर्यटनमन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको संयुक्त माग

इकागज | असार ६, २०७९

काठमाडौँ -  पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री...

मन्त्री आलेकाे गुनासाे : अर्थमन्त्रीले हाम्राे मन्त्रालयकाे साढे १० अर्ब बजेट कटौति गरिदिनु भयाे

इकागज | असार १, २०७९

काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब ...