पर्यटन

होटल संघ नेपाल र होटलसँग सम्बन्धित केन्द्रीय ट्रेड युनियनबीच सम्झौता

इकागज | बैशाख ६, २०७९

काठमाडौं – होटल संघ नेपालका अध्यक्ष सृजना राणाको अध्यक्षतामा संघका पदाधिकारी तथा पर्यटन तथा होटलसँग सम्वद्ध तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियनका अध्यक्ष र प्रतिनिधिहरू सहित संयुक्त बैठक बसेको छ । 

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघको संयुक्त बैठकले पर्यटन उद्योगको श्रम सम्बन्धलाई सौहार्दता प्रदान गर्दै होटल व्यवसाय सञ्चालनलाई निरन्तरता दिने सम्झौता भएको छ । 

कोभिड–१९ को असर प्रभावले विश्व पर्यटन उद्योगले भोग्नु परेको नोक्सानीका कारण नेपालको पर्यटन व्यवसाय समेतमा गम्भीर असर परेको छ । नेपालको पर्यटन उद्योगको महत्वपूर्ण हिस्सा ओगटेको होटल उद्योगले विगतका दुई वर्षमा भोग्नु परेको कठिन परिस्थितिबाट गुज्रेको छ । 

उक्त पेशामा श्रमिक तथा कर्मचारीहरुका प्रतिनिधिमूलक केन्द्रीय ट्रेड युनियनहरूले समेत जिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भई होटल उद्योगलाई संरक्षण तथा सम्वर्द्धन गरेको सम्बन्धी बैठकमा छलफल भएको छ । 

कोभिडको असर तथा प्रभावमा कमी भए तापनि पर्यटकहरुको आगमन सकारात्मक हुन सकेको छैन । यसै सन्दर्भमा विगतमा गरिएका सहमति तथा सम्झौताको समय समाप्त भईसकेको छ । यस्तो हुँदा होटल संघ नेपालले तीनवटै केन्द्रीय ट्रेड युनियनका नाममा गत माघ २ गते अनुरोध पत्र प्रेषित गरिएको तर तीनवटै ट्रेड युनियनबाट समयमा लिखित धारणा प्राप्त नभएको उक्त बैठकमा कुरा उठेको छ । 

समयमा नै लिखित धारणा प्राप्त नभएकोले पुनः गत फागुन ५ गते तीनवटै केन्द्रीय ट्रेड युनियनहरूलाई आ–आफ्नो धारणा सहित प्रस्तुत हुन अनुरोध गरिएको थियो । 
फागुन १० गते अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डे, फागुन ११ गते नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका महासचिव कमल घिमिरे र फागुन १५ गते नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्का समेतले हस्ताक्षर गरी छुट्टाछुट्टै धारणा पत्र होटल संघ नेपाल, गैरीधारामा प्रस्तुत गरिएको थियो ।

होटल संघ नेपालले केन्द्रीय ट्रेड युनियनहरूलाई गरिएको अनुरोध तथा केन्द्रीय ट्रेड युनियनका प्रतिनिधिहरुले प्रस्तुत गरेको धारणा पत्रमा छलफल, सम्वाद तथा वार्ता भएको थियो । पर्यटन उद्योगको होटल क्षेत्रको औद्योगिक सम्बन्धलाई स्वस्थ, सौहार्द तथा समयानुकूल निरन्तरता दिनका लागि श्रम ऐन २०७४ तथा ट्रेड युनियन ऐन २०४९ बमोजिम सहमतीमा हस्ताक्षर भएको छ । 

 यस्ता छन् सम्झौताहरु

१. गत असार २८ र माघ १३ गते होटल संघ नेपाल र होटल सम्बद्ध केन्द्रीय ट्रेड युनियनहरूको बीचमा गरिएको सामूहिक सम्झौता तात्कालीन परिस्थिति र समय अनुसार मनासिव थियो र सो सम्झौतामा उल्लेख भएका विषयहरुमा विवाद नगर्ने, विवाद भएमा वा रहेमा सम्झौता बमोजिम हुने । संचालनमा आएका होटलहरूका लागि मिति २०७६ साल चैत्र ११ गते भन्दा अगाडी श्रमिक तथा कर्मचारीहरुले प्राप्त गरेको तलव भत्ता, सेवा सुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने ।

२. कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुन: निर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने ।

 ३. होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरु बीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरूको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिनेछ ।

४. यदि भविष्यमा कुनै भवितव्य वा अकल्पनीय घटना वा काबु बाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठक बसी छलफल र आपसी सहमति मार्फत त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिनेछ ।

५. बन्दा बन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गरिनु पर्ने ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

इकागज | बैशाख ४, २०७९

काठमाडौँ- निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमा...