रीतिरिवाज

मकर मेला कोभिडका कारण स्थगित, पूजाआजा गर्ने भक्तजनको भने घुँइचो

इकागज | माघ ५, २०७८

पनौती - प्रत्येक १२ वर्षमा काभ्रेको पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला कोभिडका कारण स्थगित भएपनि पूजाआजाका लागि भने भक्तजन पुग्ने गरेका छन् । 

मकर मेला स्थगित गरे पनि सुरक्षाका मापदण्ड अपनाई पूजाआजा र स्नान गर्न पुग्ने भक्तजनको संख्या न्युन छ । सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकोले यसलाई मकर मेला भनिएको हो ।

यसअघि मकर मेलाको अवसरमा पनौतीस्थित त्रिवेणीघाटमा स्नानका लागि देश तथा विदेशबाट भक्तजनको घुइँचो लाग्ने गरेको थियो ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । 

तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बगिरहेको मान्यता छ ।

लिम्बू समुदायको समाधिस्थल संकटमा- अन्त्येष्टिमा सामूहिक हट्दै, एकल बढ्दै

इकागज | पुस ५, २०७८

तेह्रथुम - नेपालमा बसोबास गर्दै आएका जातजातिहरूको आ(आफ्नै भाषा कला संस्कार संस्कृति रहँदै आएको छ । त्यस्तै…

आज विवाह पञ्‍चमी : श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित मनाइँदै

इकागज | मंसिर २२, २०७८

काठमाडौँ - प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको …

जनकपुरमा विवाह पञ्चमीको पूर्वसन्ध्यामा 'मटकोर' सम्पन्‍न

सुभाष कर्ण | मंसिर २१, २०७८

जनकपुरधाम- श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको पूर्वसन्ध्यामा मंगलबार मटकोर उत्सव सम्पन्न गरिएको छ । जनक…

विवाह पञ्चमीको चौथो दिन : सम्धी मिलन गरेर मनाइयो तिलकोत्सव

सुभाष कर्ण | मंसिर २०, २०७८

जनकपुरधाम - श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साेमबार चौथो दिन तिलकोत्…