विश्व

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

याचिकामा मदिरा नीति मुद्दामा पक्राउ परेपछि अरविन्द केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनु पर्ने माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

न्यायमूर्ति सञ्जीव खन्ना र न्यायमूर्ति दिपङ्कर दत्तले यस मामिलामा दिल्ली उच्च न्यायालयको निर्णयमा अदालतले हस्तक्षेप गर्न नसक्ने बताए । डिभिजन बेन्चले यस विषयमा कानुनी अधिकार नभएको बताएको थियो ।

सर्वोच्च अदालतले दिल्लीका लेफ्टिनेन्ट गभर्नरले चाहेमा यस मामिलामा हस्तक्षेप गर्न सक्छन् तर अदालतले यस मामिलामा हस्तक्षेप नगर्ने बताएको छ । प्रवर्तन निर्देशनालय अर्थात ईडीले अरविन्द केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो ।

हाल निर्वाचनलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले उनलाई अन्तरिम जमानत दिएको छ । तर, केजरीवाललाई जुन २ मा फेरि जेल जानुपर्नेछ । पक्राउ परेपछि अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए । एजेन्सी

भारतको उत्तर प्रदेश सरकारले कृषि स्टार्टअपलाई प्रवर्द्धन गर्ने, खेतीमा एआई लागू गर्ने

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- भारतको उत्तर प्रदेश सरकारले ग्रामीण अर्थतन्त्र र 'स्मार्ट खेती' लाई प्रवर्द्धन कृषि स्टार्टअ...

सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन

इकागज | बैशाख ३१, २०८१

वासिङ्टन- आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्या...

लोकसभा निर्वाचनका लागि केजरीवालले घोषणा गरे १० ग्यारेन्टी

इकागज | बैशाख ३०, २०८१

काठमाडौँ - भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको जारी लोकसभा निर्वाचनमा १० ग्य...

युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारीपछि १७ जना अस्पताल भर्ना

इकागज | बैशाख ३०, २०८१

मस्को - युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठूलो गोलाबारीपछि एक बालकसहित १७ जनाला...

भारतमा क्रिप्टोकरेन्सीहरु बाइनान्स र कुक्वाइनमाथिको प्रतिबन्ध फुकुवा

इकागज | बैशाख ३०, २०८१

काठमाडौँ- भारतमा क्रिप्टोकरेन्सीहरु बाइनान्स र कुक्वाइनमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ । भारतको अर्थ ...