विश्व

एटीएन्डटीका ७ करोड ३० लाख ग्राहकको व्यक्तिगत विवरण 'डार्क वेब'मा सार्वजनिक

इकागज | चैत १८, २०८०

काठमाडौँ- अमेरिकी टेलिकम्युनिकेसन होल्डिङ कम्पनी एटीएन्डटीका ७ करोड ३० लाख ग्राहकका व्यक्तिगत विवरण 'डार्क वेब' मा सार्वजनिक गरिएको छ ।

बीबीसीले जनाएअनुसार ७ करोड ३० लाख वर्तमान तथा पूर्व ग्राहकका व्यक्तिगत विवरण डार्क वेबमा सार्वजनिक गरिएको हो ।

एटीएन्डटीले मानिसहरुका ठेगानाहरू, सामाजिक सुरक्षा नम्बरहरू र पासकोडहरू सहितका जानकारी डार्क वेबमा प्रकाशित गरिएको थियो ।

एटीएन्डटीले तथ्यांक चोरी भएको संकेत गर्ने प्रमाणहरू पहिचान नगरिएपनि अनुसन्धान गर्न साइबर सुरक्षा विशेषज्ञहरू ल्याइएको जनाएको छ ।

कम्पनीले ग्राहकको पासकोड रिसेट समेत गरिसकिएको बताएको छ ।

युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट मिसाइल आक्रमणमा ध्वस्त

इकागज | चैत १८, २०८०

किएभ - युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त ...

युरोप ‘युद्धपूर्वको युगमा’ प्रवेश गर्‍यो : पोल्याण्ड प्रधानमन्त्री टस्क

इकागज | चैत १७, २०८०

वार्सा- पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोपमा द्वन्द्वको ‘वास्तविक’ खतराबारे चेतावनी द...