विश्व

राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता

इकागज | चैत २१, २०८०

नयाँदिल्ली - भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा गान्धीका हजारौं समर्थक उनकै साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । गान्धी परिवारको लामो विरासत बोकेका ५३ वर्षीय राहुल गान्धीको काँग्रेस आई पार्टी पछिल्ला दुई आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको थियो । 

यस पटकको चुनावमा पनि भारतीय जनता पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीसामु काँग्रेस आई कमजोर रहेको अनुमान गरिएका छन् । मोदी विरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुल गान्धीलाई यसपटक पनि बहुमत ल्याउनु फलामको च्यूरा चपाएसरह रहेको छ ।

तैपनि दक्षिणी राज्य केरलाको वायनाडमा उनको समर्थनमा धेरै मानिस उपस्थित भएका छन् । 

बहिनी प्रियंका गान्धी सहित वायनाड पुगेका राहुल गान्धीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई आफ्नै परिवारसरह मान्ने गरेको बताएका थिए । 

वायनाडमा यो उनको दोस्रो उम्मेदवारी हो । उनी सन् २०१९ मा यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित भएका थिए । तर केही समयअघि उनले प्रधानमन्त्री मोदी लक्षित गलत टिप्पणी गरेको आरोपमा अदालतको आदेशबाटै सांसद पद गुमाएका थिए । 

भारतमा आगामी अप्रिल १९ बाट छ हप्ता लामो शृंखलाबद्ध चुनाव हुँदैछ जसमा झण्डै एक अर्बले मतदान गर्नेछन् ।
रासस

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

इकागज | चैत २१, २०८०

काठमाडौँ- बुधबार बिहान ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूक...

अरुणाचलको विषयमा भारतकाे चीनलाई जवाफ - नयाँ नामले सत्य परिवर्तन हुँदैन

इकागज | चैत २०, २०८०

काठमाडौँ - चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रत...

दिल्लीकी मन्त्री आतिषीको खुलासा - भाजपामा नआए जेल जान तयार रहनु भन्ने धम्की आयो

इकागज | चैत २०, २०८०

काठमाडौँ - आम आदमी पार्टीकी नेता तथा दिल्लीकी मन्त्री आतिषीले भारतीय जनता पार्टीे (भाजपा) ले आफूलाई भा...