विश्व

नयाँ निर्वाचनपछि कुवेतका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

इकागज | चैत २६, २०८०

कुवेत- कुवेतका प्रधानमन्त्री शेख मोहम्मद सबाह अल–सलम अल–सबाहले पदबाट राजीनामा दिएका छन् । 

उनले अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहलाई आफ्नो मन्त्रिपरिषद्को राजीनामा बुझाएको सरकारी समाचार संस्था कुनाले जनाएको छ । 

गत बिहीबार नयाँ संसद्‌को निर्वाचन भएपछि उनले यो राजीनामा दिएका हुन् ।

राष्ट्रियसभाको प्रत्येक कार्यकालको सुरुमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था संविधानको धारा ५७ ले गरे बमोजिम वर्तमान सरकारले व्यवस्थापिकाको उद्घाटन अघि नै राजीनामा बुझाउनु पर्नेछ ।

आफ्नो राजीनामा अघि शनिबारको विशेष मन्त्रिपरिषद् बैठकमा १८ अप्रिलमा राष्ट्रिय सभालाई पहिलो नियमित अधिवेशन बोलाउन आह्वान गर्ने कानूनको मस्यौदा स्वीकृत गरेको पनि कुनाले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीले अमिरको नेतृत्व र समर्थनका लागि मन्त्रिपरिषद्को तर्फबाट कृतज्ञता व्यक्त गर्दै राजीनामाले संवैधानिक दिशानिर्देश र लोकतान्त्रिक प्रक्रियाप्रति सरकारको प्रतिबद्धता झल्काउने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतका मतदाताले बिहीबारदेखि मतदान सुरु भएको थियो । भोलिपल्ट भएको मतगणना अनुसार २०० उम्मेदवारको समूहबाट एक महिलासहित ५० जना सांसद चयन भएका छन् ।

माइक्रोसफ्टको चेतावनी : चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ

इकागज | चैत २४, २०८०

काठमाडौँ- टेक कम्पनी माइक्रोसफ्टले चीनले भारतमा हुने लोकसभा चुनावलाई बिथोल्ने प्रयास गर्ने चेतावनी दिएक...

संयुक्त राष्ट्रसंघीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह

इकागज | चैत २३, २०८०

काठमाडाैँ - संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन माग गर्ने ...

सामसङले टेक्ससको चिप निर्माण गर्ने कम्पनीको लगानी ४४ बिलियन डलर पुर्‍याउने

इकागज | चैत २३, २०८०

काठमाडौँ- जर्मन टेक्नोलोजी कम्पनी सामसङ इलेक्ट्रोनिक्सले अमेरिकाको टेक्ससमा रहेको चिप निर्माण गर्ने कम्पनीक...