विश्व

भारतमा बस दुर्घटना, ६ जना स्कुले बालबालिकाको मृत्यु

इकागज | चैत २९, २०८०

नयाँदिल्ली - भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

 जि.एल. पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो । 

प्रारम्भिक रिपोर्टमा ड्राइभरले गाडी उच्च गतिमा लापरबाहीपूर्ण रुपमा चलाएका कारण दुर्घटना भएको जनाइएको छ ।  

एक मिडिया रिपोर्टमा बसका घाइते बच्चालाई उद्धृत गर्दै बस चालकले मदिरा सेवन गरी तीव्र गतिमा बस चलाएका बताएको छ । 

निर्दोष बालबालिकाको मृत्युले सम्पूर्ण कानिना क्षेत्रबासी गहिरो शोकमा छन् ।

हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूति सहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । 
रासस

संयुक्त राष्ट्र जलवायु प्रमुखले भने- विश्वलाई बचाउन मात्र २ वर्ष बाँकी

इकागज | चैत २९, २०८०

लन्डन- अहिले जलवायु परिवर्तन एउटा ठूलो समस्या बनेको छ र यससँग लड्नका लागि सारा विश्वले प्रयास गरिरहेको ...

आफ्नो भूभागमा आक्रमण गरे प्रत्यक्ष आक्रमण गर्ने इरानलाई इजरायलको धम्की

इकागज | चैत २८, २०८०

जेरुसेलम - इजरायलका विदेशमन्त्रीले बुधबार इरानले इजरायलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आ...