विश्व

भारतमा धनी र गरिबबीचको खाडल गहिरिँदै , एक प्रतिशत धनाढ्यसँग देशको ४० प्रतिशत सम्पति

इकागज | चैत १३, २०८०

काठमाडाैँ -  भारतमा धनी र गरिबबीचको खाडल झनै बढेको अध्ययनहरूले देखाएको छ । 

सन् २०२३ को अन्त्यसम्मको तथ्यांकहरूलाई आधार मानेर गरिएको अनुसन्धानमा  भारतमा एक प्रतिशत अति धनी व्यक्तिहरूको स्वामित्वमा देशको ४०. १ प्रतिशत सम्पति रहेको पाइएको छ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गरेपछि धनी र गरिबबीचको खाडल झनै तीव्र रूपमा फराकिलो भएको पनि उक्त अध्ययनले देखाएको छ। असमानताका मुद्दाहरूमा अनुसन्धान गर्ने फ्रान्सका प्रख्यात अर्थशास्त्री थोमस पिकेट्टी लगायतका विशेषज्ञहरूले गरेको अनुसन्धानका अनुसार, शीर्ष एक प्रतिशत अथवा करिब ९२ लाख मानिसहरूले कुल आयको २२. ६ प्रतिशत कमाउने गरेका छन्।

जुन सन् १९२० को दशक पछिकै सबै भन्दा ठुलो हिस्सा हो । उक्त प्रतिवेदनले विश्वको पाँचौं ठूलो अर्थतन्त्रका रुपमा उदाएको भारतमा गहिरिँदै गएको असमानतालाई, नव धनाढ्यहरुको अधीनमा रहेको अहिलेको भारतको अर्थतन्त्रले धनी र गरिब बीचको असमानता ब्रिटिस औपनिवेशिक युगको भन्दा पनि ठुलो भएको औंल्याएको छ।

विश्व असमानता अनुसन्धान केन्द्रले भारतमा अहिले पनि शैक्षिक अवसरहरूको अभाव जस्ता कारणले ठुलो हिस्सा कम आयस्रोतबाट माथि उठ्न असमर्थ रहेको जनाएको छ।

चुइगमको सहायताले पत्ता लाग्यो ४४ वर्ष पुरानो हत्याको रहस्य

इकागज | चैत १३, २०८०

न्युयोर्क- अमेरिकन प्रहरीले ४४ वर्षअघि कलेजमा यौन दुर्व्यवहारमा परेकी छात्राको हत्याको रहस्य पत्ता लगाएको छ...

क्यानडामा भूकम्पका २ हजार झट्‌का : वैज्ञानिक भन्छन्- समुन्द्र मुनि अलग भूमी बन्यो

इकागज | चैत १२, २०८०

क्यानडा- यस वर्षको मार्च २०२४ को सुरुमा एकै दिन क्यानाडाको तटमा झण्डै २ हजार भूकम्पको धक्का महसुस गरिएको...

मुख्यमन्त्री केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टीकाकाे प्रदर्शन

इकागज | चैत ११, २०८०

 नयाँ दिल्ली - सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनिय...

रूसमा आज राष्ट्रिय शोक, पुटिनले भने, ‘कन्सर्ट हलको सामूहिक हत्याको बदला लिइनेछ’

इकागज | चैत ११, २०८०

मस्को - राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कन्सर्ट हलमा भएको आक्रमणलाई ‘बर्बर आतंककारी कार्य’ भ...