विश्व

गाजामा ३० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु

इकागज | फागुन १७, २०८०

गाजा - गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्युको सङ्ख्या ३० हजार नाघेको प्यालेस्टिनी चिकित्सा स्रोतले बिहीबार बताएका छन् ।
गत २४ घन्टामा इजरायली लडाकू विमान र तोपखानाले गाजापट्टीका विभिन्न क्षेत्रमा गरेको आक्रमणका कारण दर्जनौँको मृत्यु भएको र गाजास्थित अस्पतालमा लगिएको स्रोतले सिन्ह्वासँग बताएको छ । 

सन् २०२३ को अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको सङ्ख्या ३०  हजारभन्दा बढी पुग्नुका साथै ७० हजारभन्दा बढी घाइते भएको बताइएको छ ।

सात अक्टोबर २०२३ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।  जसमा करिब एक हजार २०० मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । 
 

गाजामा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण, ७० जनाको मृत्यु

इकागज | फागुन १७, २०८०

गाजा - गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली से...

न्युजिल्याण्ड विश्वको पहिलो धुम्रपान निषेधित मुलुक बन्दै, नयाँ नियम जुलाइबाट लागू हुने

इकागज | फागुन १६, २०८०

वेलिङ्टन- न्युजिल्याण्डले विश्वको पहिलो धुम्रपान निषेधित राष्ट्र रूपमा आफूलाई उभ्याउने कसरतमा लागेकाे छ । ...

अमेरिका प्रस्थान गर्ने हिउँमा कठ्याङग्रिएर चार भारतीयको मृत्युले हंगामा

इकागज | फागुन १६, २०८०

न्युयोर्क- अमेरिकी अधिकारीले हर्षकुमार पटेल नामका भारतीय मूलका एक व्यक्तिलाई पक्राउ गरेका छन् । उनीवि...

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश लेसोथो, जहाँ वार्षिक ७ लाखले गर्छन् आत्महत्या

इकागज | फागुन १६, २०८०

जोहानेसबर्ग- आत्महत्यालाई मानसिक विकार मानिन्छ । यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन् । अफ्...

सरकारविरूद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै पाकिस्तानमा पत्रकार पक्राउ

इकागज | फागुन १६, २०८०

इस्लामवाद- पाकिस्तानी पत्रकार र भिडियो ब्लगर असद अली तूर पक्राउ परेका छन् । संघीय अधिकारीहरूले राज्य ...

उज्बेकिस्तानमा कफ सिरप बेच्ने भारतीय व्यापारीलाई २० वर्षको जेल सजाय

इकागज | फागुन १५, २०८०

काठमाडौँ- उज्बेकिस्तानको सर्वोच्च अदालतले भारतीय कफ सिरप पिउँदा ६८ बालबालिकाको मृत्यु भएको मुद्दाम...