विश्व

भारतीय कम्पनी बाइजुका संस्थापकलाई हटाउने पक्षमा मतदान

इकागज | फागुन १२, २०८०

काठमाडौँ- भारतको एजुकेसनल टेक्नोलोजी कम्पनी 'बाइजु' का लगानीकर्ताको एक समूहले कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी बायजु रविन्द्रनलाई हटाउने पक्षमा मतदान गरेको छ ।

यसका साथै लगानीकर्ताको उक्त समूहले कम्पनीले जारी गर्न लागेको 'राइट सेयर' को प्रकृया रोक्नका लागि छुट्टै मुद्दा समेत दायर गरेको टेकक्रन्चले जनाएको छ ।

एक समयमा भारतकै सर्वाधिक मूल्यवान कम्पनीको रुपमा रहेको बाइजुको शुक्रबार बसेको आकस्मिक साधारण सभामा लगानीकर्ताको समूह प्रोसस भेन्चर्स र पिक एक्सभी पार्टनर्ससहितले रविन्द्रनलाई हटाउने पक्षमा मतदान गरेको हो ।

कम्पनीमा उनीहरुको मतभार ६० प्रतिशत भन्दा बढी रहेको बताइएको छ ।

तर साधारण सभामा रविन्द्रन तथा अन्य बोर्डका सदस्यहरु सहभागी भएका थिएनन् । तर यसअघि बाइजुले आफ्ना लगानीकर्तासँग नेतृत्व परिवर्तनका लागि मतदानको अधिकार नरहेको जनाएको थियो ।

त्यसैगरी, शुक्रबार नै २५ प्रतिशत लगानी रहेको चार लगानीकर्ताले राइट सेयर जारी प्रकृया रोक्न कर्नटका उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौतामा हस्ताक्षर

इकागज | फागुन १२, २०८०

किभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले शुक्रबार दुई देशब...

इन्ट्यूटिभ मेसिन्स बन्यो चन्द्रमामा अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- अमेरिकी कम्पनी इन्ट्यूटिभ मेसिन्स चन्द्रमामा व्यावसायिक अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी बन्...

विदेशको कार्यालय ह्याक गर्न सक्ने क्षमता रहेको चिनियाँ टेक फर्मको दावी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- एक चिनियाँ साइबर सेक्युरिटी फर्मले बेलायतको विदेशी कार्यालयहरू ह्याक गर्न सक्ने क्षमता भएको दा...

गाजामा युद्धविराम गराउनु पर्ने चीनको माग, युद्ध नरोक्न अमेरिकन भिटोमा आपत्ति

इकागज | फागुन ११, २०८०

न्युयोर्क - गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ ।  चीनले प्यालेस्टाइनी भुमीमा इज...

कारागारमा रहेका क्रेमलिनका आलोचकद्वारा नाभाल्नीको मृत्युपछि ‘निराशा’ विरुद्ध चेतावनी

इकागज | फागुन १०, २०८०

गाजा - कारागारमा रहेका विपक्षी राजनीतिज्ञ भ्लादिमिर कारा–मुर्जाले बिहीबार रुसीहरूसँग आर्कटिक कार...

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमण, १७ को मृत्यु

इकागज | फागुन १०, २०८०

गाजा - मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिविरकाे एक घरमा इजरायलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७...