विश्व

श्रीलंकाबाट फरार ४२ अपराधीलाई पक्राउ गर्न इन्टरपोलमार्फत् पक्राउ पूर्जी जारी

इकागज | फागुन ३, २०८०

कोलम्बो - श्रीलंकाका कार्यवाहक प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकुनले देशबाट भागेका ४२ जना अपराधीविरुद्ध इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्न पहल गरेको बताएका छन् । 

राजधानीमा एक समारोहमा बोल्दै तेन्नाकुनले भने, “माथिका व्यक्तिहरू अपराधमा संलग्न छन् र लागुऔषध व्यापारमा संलग्न छन् ।”

टेन्नाकुनले इन्टरपोलको सहयोगमा विदेशमा रहेका अपराधीलाई स्वदेश फर्काउन सकिनेमा आफू विश्वस्त रहेको बताए ।  

दुबईमा लुकेर बसेका श्रीलंकाको एउटा ठूलो गिरोहका एक प्रमुख सदस्य ‘पियुमा’ भनिने पियुम हस्तिकालाई बिहीबार बिहान श्रीलंका फर्काइएको उनले बताए ।  

“‘पियुमा’ लाई सोधपुछ गर्दा श्रीलंकामा सङ्गठित अपराधका धेरै पक्षहरू पत्ता लाग्ने छन्”, टेन्नाकुनले भने । 

“इन्टरपोलको सहयोगमा उनीहरूले शरण लिएका देशहरूबाट चाँडै नै अन्य धेरै अपराधीहरूलाई फर्काइनेछ । 
रासस

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

इकागज | फागुन ३, २०८०

टोकियो - जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको सङ्कुचन देखाएको बिहीबार ...

हावाहुरीले अष्ट्रेलियामा करिब दुई लाख घरमा विद्युत् सेवा अवरुद्ध

इकागज | फागुन २, २०८०

मेलबर्न- शक्तिशाली आँधीका कारण पूर्वी अस्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारी...

नेदरल्यान्ड्सको पूर्वप्रधानमन्त्री एग्ट र पत्नीले सँगै लिए ‘इच्छा मृत्यु’

इकागज | फागुन २, २०८०

आम्सटर्म- नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीन कानुनी इच्छा मृत्युबाट निधन भ...

स्मारक विवादमा रुसद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई ‘वान्टेड’ घोषणा

इकागज | फागुन १, २०८०

मस्को- सोभियत युगको युद्ध स्मारकहरू ध्वस्त पार्ने कथित संलग्नतामा रुसले मङ्गलबार इस्टोनियाली नेता काज...

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु, पाँच जना घाइते

इकागज | फागुन १, २०८०

न्युयोर्क- न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य ...