विश्व

इरानमा गोली चल्दा १२ जनाको मृत्यु

इकागज | फागुन ५, २०८०

तेहरान- दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार बिहान एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् । साथै अन्य तीन जनालाई घाइते बनाएको इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।

घटना स्थानीय समय अनुसार बिहान ४ः३० बजे फर्याब काउन्टीमा भएको हो ।  २५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यहरूमाथि गोली चलाएको जानकारीमा आएको छ । तस्निमले केरमानका प्रहरी कमाण्डर नासेर फरशीदलाई उद्धृत गर्दै सो जानकारी दिएका हुन् ।

केरमानको न्याय विभागका प्रमुख इब्राहिम हमीदीले उक्त व्यक्तिले आफ्नो बुबा लगायतका परिवारका सदस्यहरूलाई मार्न कलश्निकोभ राइफल प्रयोग गरेको  बताएको सरकारी समाचार एजेन्सी इरनाले बताएको छ । रासस-सिन्ह्वा

सुरक्षा सम्झौताका लागि जेलेन्स्की बर्लिन र पेरिस भ्रमणमा

इकागज | फागुन ४, २०८०

बर्लिन- दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले...

अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पभन्दा बाइडन उत्कृष्ट : रुसी राष्ट्रपति पुटिन

इकागज | फागुन ४, २०८०

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्पभन्दा जो बाइडेनलाई...

श्रीलंकाबाट फरार ४२ अपराधीलाई पक्राउ गर्न इन्टरपोलमार्फत् पक्राउ पूर्जी जारी

इकागज | फागुन ३, २०८०

कोलम्बो - श्रीलंकाका कार्यवाहक प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकुनले देशबाट भागेका ४२ जना अपराधीविरुद्ध...