विश्व

बंगलादेश : रेलमा आगजनी गरेको आरोपमा बीएनपी नेतासहित सातजना पक्राउ

इकागज | पुस २१, २०८०

ढाका- बंगलादेशको प्रहरीले खचाखच भरिएको रेलमा आगजनी गरेको आरोपमा विपक्षी दलका सात सदस्यलाई शनिबार पक्राउ गरेको छ ।

शुक्रबार राति ढाकाको मध्य भागमा रहेको ‘इन्टरसिटी बेनापोल एक्सप्रेस’ रेलमा भएको आगलागीमा सयौँको सङ्ख्यामा यात्रुलाई जलिरहेको गाडीबाट बाहिर निकाल्न हम्मेहम्मे परेको थियो ।

विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आइतबार हुने राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा गरेको ‘विध्वंसकारी कार्य’ मा सम्लग्न बीएनपीका वरिष्ठ नेता नबीउल्लाह नाबी र पार्टीे५का अन्य छ जना कार्यकर्तालाई शनिबार बिहान राजधानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक हुसेनले एएफपीसँग फोनमा भने, 'नाबीले ‘बीएनपीको हिंसात्मक आन्दोलन’मा आर्थिक सहयोग गर्नुभएको थियो ।'

बीएनपी र अन्य दर्जनौं विपक्षी दलले आइतबारको मतदान बहिष्कार गरिरहेका छन्, जसलाई उनीहरूले लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनाको शासनलाई कुण्ठित गर्न योजना गरिएको ‘ढोङ’ भएको बताएका छन् । 

सो पार्टीले आगलागीको जिम्मेवारी लिएको भन्ने आरोपको खण्डन गर्दै घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ ।

पार्टीका प्रवक्ता एकेएम वाहिदुज्जमानले एएफपीसँग भने, 'बीएनपीको अहिंसात्मक आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले सरकारी पदाधिकारीहरूले गरेको यो पूर्वनियोजित विध्वंसात्मक कार्य हो । हाम्रो पार्टीका प्रमुख तारिक रहमानले सरकारले निर्वाचनबाट जनताको ध्यान अन्यत्र मोड्न यस्तो षडयन्त्र गरेको हुनसक्ने बताउनुभएको छ ।' 

ढाका अस्पतालका वरिष्ठ अधिकारी सामन्तलाल सेनका अनुसार आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले रेलमा भएको आगलागीलाई ‘मानवताविरुद्धको अक्षम्य अपराध’ भनेका छन् । 

'यो त्रासदीको समय लोकतान्त्रिक प्रक्रियाको उत्कृष्ट उत्सव निर्वाचन र सुरक्षामा बाधा पुर्याउने पूर्ण मनसाय देखाउँछ,' उनले भने ।

प्रमुख विपक्षी दलसहितका प्रभावशाली केही दलहरूले भाग नलिएको आइतबारको मतदानमा ७६ वर्षीया वर्तमान प्रधानमन्त्री हसिना लगातार पाँचौँ कार्यकालका लागि निर्वाचित हुने निश्चित भएको पर्यवेक्षकहरूले बताएका छन् । 

विपक्षी दलहरूले गत वर्ष निर्वाचनको पर्यवेक्षण गर्न र देशको अखण्डता सुनिश्चित गर्न तटस्थ कामचलाउ सरकारको पक्षमा हसिनाको राजीनामाको माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । 

आइतबार हुने मतदानका लागि भएको निर्वाचन अभियानको क्रममा भएका हिंसामा परी शनिबार अपरान्हसम्म कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ । रासस/एएफपी

सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरित, भारतीय नौसेनाद्वारा कडा निगरानी

इकागज | पुस २०, २०८०

नयाँ दिल्ली - सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्...