विश्व

रतन टाटाको निधन

इकागज | असोज २४, २०८१

काठमाडौँ । भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ ।

८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राती निधन भएको हो । यस अघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो । पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए । तर, बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो ।

भारतीय मिडियाहरुले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको हो । रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन् ।

आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठुलो योगदान रहेको छ ।

रतन टाटा सन् १९६१-६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।

सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन सुरु गर्ने श्रेय पनि उनलाई जान्छ । पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो । विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।

मस्कको दाबी- ट्रम्प पराजित भएमा मलाई जेल हालिन्छ, अमेरिकामा फेरि चुनाव हुँदैन

इकागज | असोज २३, २०८१

काठमाडौँ - टेस्ला, स्पेस एक्स र एक्सका मालिक एलन मस्कले राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पराजित भएमा आफु...

जापानको संसद विघटन

इकागज | असोज २३, २०८१

काठमाडौँ - जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्याम...

श्रीलंकाले रसियामा हुने सम्मेलनमा ब्रिक्सको सदस्यताका लागि अपिल गर्ने

इकागज | असोज २३, २०८१

कोलम्बो- श्रीलंकाले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ । श्र...

गाजाले भोगेको विनाश लेबनानमा दोहोरिनसक्ने राष्ट्रसंघको चेतावनी

इकागज | असोज २३, २०८१

जेनेभा- संयुक्त राष्ट्र संघको मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट जोगिन लेबनानमा बढ्दो...

क्रूर युद्धले गाजा हजारौँ प्यालेस्टिनीको चिहानमा परिणत

इकागज | असोज २३, २०८१

न्युयोर्क- निकट पूर्वमा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरड...

ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा

इकागज | असोज २३, २०८१

काठमाडौँ- वाटरगेट काण्डको पर्दाफास गर्ने प्रख्यात पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा पूर्व अमेरिकी रा...

ईयूले संघबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने

इकागज | असोज २३, २०८१

ब्रसेल्स, बेल्जियम- युरोपेली संघ (ईयू) ले मङ्गलबार संघबाट आयात हुने ’ब्रान्डी’मा ’एन्ट...

भारतको हरियाणामा बिजेपीको अग्रता, जम्मु कश्मिरमा कांग्रेस गठबन्धन अगाडि

इकागज | असोज २२, २०८१

काठमाडौँ- भारतको हरियाणा राज्यको विधान सभामा भारतीय जनता पार्टीले अग्रता लिएको छ । ९० सिट रहेको ह...