विश्व

फ्रान्समा आज आम निर्वाचनको दोस्रो चरणको मतदान हुँदै

इकागज | असार २३, २०८१

काठमाडौँ - फ्रान्समा आज आम निर्वाचनको दोस्रो र अन्तिम चरणको मतदान हुँदैछ । यस चुनावमा अति दक्षिणपन्थी पार्टीले जितको अपेक्षा गरिएको छ । 

पहिलो चरणमा अग्रता हासिल अग्रेको आधारमा मरिन ले पेन र जोर्डन बर्डेलाको चरम दक्षिणपन्थी पार्टी नेसनल र्‍याली (आरएन) ले सरकार बनाउने र नेशनल एसेम्बलीमा बहुमत ल्याउने अवसर पाएको छ । 

गत आइतबार भएको पहिलो चरणको संसदीय निर्वाचनमा नेशनल एसेम्बलीमा विजयी भएपछि सयौं प्रतिद्वन्द्वी उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका थिए । यसको उद्देश्य अन्य उम्मेदवारहरूलाई अति दक्षिणपन्थी पार्टीका उम्मेदवारहरूलाई पराजित गर्ने राम्रो मौका दिनु थियो । 

पहिलो चरणको अग्रता पछि, अध्यागमन विरोधी पार्टी नेशनल र्‍यालीका नेता मारिन ले पेनले भनिन्, 'म्याक्रोन समूह लगभग समाप्त भइसकेको छ ।' 

नेशनल र्‍यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले फ्रान्सेली जनताले मलाई भोट दिए भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु भनेका थिए ।

फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा पूर्ण बहुमतका लागि मारिन ले पेन र जोर्डन बर्डेलालाई २८९ सिट चाहिन्छ । 

युरोपेली संसदको चुनावमा राष्ट्रिय र्‍यालीको जितपछि राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक चुनावको घोषणा गरेका थिए ।

जब नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री साइकल चढेर बिदा भए

इकागज | असार २३, २०८१

काठमाडौँ - नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुटे यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्र...

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

इकागज | असार २१, २०८१

काठमाडौँ- लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार सम्पन्न आ...

५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

इकागज | असार २१, २०८१

मस्को- रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा म...

इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु

इकागज | असार २१, २०८१

तेहरान - इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका ...

चुनावी हारपछि ऋषि सुनकले भने - ‘माफ गर्नुहोस्’, नतिजाबाट पाठ सिक्नुपर्छ

इकागज | असार २१, २०८१

काठमाडौँ - बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उन...