विश्व

श्रीलंकामा एलटीटीइसहित १५ संस्था र २१० व्यक्तिहरूको सम्पत्ति जफत

इकागज | जेठ २४, २०८१

कोलम्बो- श्रीलंकामा आतंकवादी र चरमपन्थी गतिविधिमा कथित रूपमा संलग्न एलटीटीइसहित १५ संस्था र २१० व्यक्तिहरूको सबै कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोतहरू जफत गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार रक्षा महासचिवको नाममा राजपत्रमा सूचना जारी गरिएको हो ।

सम्बन्धित कानून बमोजिम नाम र सूचीमा रहेका कुनै पनि व्यक्ति, संस्था वा निकायको स्वामित्वमा रहेको सबै कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोत जफत गर्न आदेश जारी गर्नुपर्ने उल्लेख छ ।

यी १५ संगठनहरूमा लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीइ), नेशनल तौहीद जमात (एनटीजे ) र जमात मिल्लाथु इब्राहिम पर्छन् ।

एलटीटीइले श्रीलंकाको उत्तरी र पूर्वी प्रान्तहरूमा तमिलहरूका लागि छुट्टै मातृभूमिका लागि झण्डै तीस वर्षदेखि सैन्य अभियान चलाएको थियो । तर श्रीलंकाली सेनाले यस संगठनका सर्वोच्च नेता वी प्रभाकरणको हत्या गरेपछि यो संगठन निष्क्रिय बनेको थियो । 

त्यस्तै अप्रिल २०१९ मा इस्टरमा घातक हमला पछाडि एनटिकेको हात थियो । यस हमलामा ११ भारतीयसहित २७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । यस संगठनको आईएसआईएससँग सम्बन्ध रहेको विश्वास गरिन्छ ।

अन्य प्रतिबन्धित समूहहरूमा तमिल पुनर्वास संगठन, तमिल समन्वय समिति, विश्व तमिल आन्दोलन, तमिल इलमको संक्रमणकालीन सरकार र विश्व तमिल राहत कोष पर्छन् ।

जनादेश प्रधानमन्त्री मोदी र उहाँको राजनीतिक शैलीविरुद्ध छ : खड्गे

इकागज | जेठ २३, २०८१

भारत - काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बुधबार लोकसभा चुनावको नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ...

दिल्ली अदालतद्वारा केजरीवालको अन्तरिम जमानत याचिका खारेज, १९ जुनसम्म न्यायिक हिरासत बढायो

इकागज | जेठ २३, २०८१

नयाँ दिल्ली - राउज एभिन्यु अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तःशुल्क नीति मन...

भारतीय आईटी कम्पनी इन्फोसिसले ७६ प्रतिशत कम कर्मचारी भर्ना गर्‍यो

इकागज | जेठ २३, २०८१

काठमाडौँ- भारतको दोस्रो ठूलो आईटी कम्पनी इन्फोसिसको सन् २०२४ मा कलेजका ग्राजुएटलाई दिने रोजगारीमा ७६ प्...

बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्‍यो उत्तर कोरियासँगको शान्ति सम्झौता

इकागज | जेठ २३, २०८१

काठमाडौँ- फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरे...

भारतीय लोकसभाको अन्तिम परिणाम : मोदीको चलेन 'जादु', बलियो बन्यो विपक्षी

इकागज | जेठ २३, २०८१

काठमाडौँ- भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ । मंगलबार राति सम्पन्न मत गणनामा भारतीय ...