शुक्रबार ३० साउन, २०८२
Friday, August 15, 2025

'सिट्रोन एक्सचेञ्ज क्याम्प' आजदेखि थापाथलीमा

काठमाडौंँ- नेपालमा सिट्रोन कारको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्सले २२ देखि २६ जुनसम्म थापाथली काठमाडौंँमा रहेको उनीहरूको सोरुममा आकर्षक फाइदासहितको 'सिट्रोन एक्सचेन्ज क्याम्प' घोषणा गरेको छ।

ग्राहकहरू आफ्नो पुरानो अटोमोबाइल ब्रान्डसँग नयाँ सिट्रोन सि फाइभ एयरक्रस एसयुभीका लागि उचित मूल्याङ्कनमा साटासाट गर्ने  योजना समेत ल्याएको छ। एक्सचेन्ज क्याम्पले प्रयोग भएका अटोमोबाइलको उचित मूल्याङ्कनका साथै विशेष छुट जस्ता विभिन्न आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ। क्याम्पमा सहज फाइनान्सिङको योजना समेत रहेको कम्पनीले जनाएको छ ।