टिकटकमा विश्वकै सर्वाधिक फलोवर्स भएका लेमले कति कमाउँछन् ?

काठमाडौँ - खाबी लेमलाई 'द किंग अफ टिकटक' को उपाधि पाएपछि उनी अहिले इन्टरनेटमा भाइरल भइरहेका छन्। सर्वाधिक फलोवर्स भएका उनको टिकटकबाट कति कमाउँछन् भन्ने धेरैको चाँसो रहेको छ।
बिना आवाज संसारभर करोडौँ फ्यान बनाएका उनको टिकटकको कमाइका बारेमा अपटुब्रेन डटकमले सार्वजनिक गरेको छ। हाल लेमका टिकटकमा १४५.२ मिलियन फलोअर्स रहेका छन्। त्यस्तै, उनका भिडियोहरूले २.३ विलियन लाइक पाएका छन्।
लेमले हालसम्म १ करोड ३० लाख (१३ मिलियन) अमेरिकी डलर सम्पत्ति कमाएका छन्। उनको यो सम्पति टिकटक र उनलाई प्रायोजन गर्ने विभिन्न ब्राण्डको प्रमोशन बापतको हो ।
उनले एक पटक प्रमोशन गर्दा ७२ हजार डलर शुल्क लिने गरेको जनाइएको छ। केही समयअघि मात्रै लेमले सबैभन्दा बढी टिकटक फलोअर्स हुने व्यक्ति भएका थिए। अमेरिकाका चार्ली डि’एमेलियोलाई पछि पार्दै उनी पहिलो स्थानमा पर्न सफल भएका हुन्।

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

प्रतिक्रिया