भुक्तानी दिने सहमतिपछि कृषि मन्त्रालयको ताला खाेलियाे

जनकपुरधाम- बक्यौता रकम भुक्तानी गर्ने सहितका दुई बुँदे सहमति पश्चात् चार दिनदेखि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको ताला खाेलिएको छ ।
गत १६ गतेका दिन कृषकहरूले निर्माणाधीन शीत भण्डारणको बक्यौता रहेको रनिङ्ग बिलको भुक्तानी र किसानलाई मलखाद्य उपलब्ध गराउने सहितका ५ बुँदे माग गर्दै मन्त्रालयका विभिन्न शाखामा तालाबन्दी गरी धर्नामा बसेका थिए ।
आन्दाेलनको चाैथाे दिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, सचिव नम्रता सिंह र आन्दाेलनकारी कृषक समूहको तर्फबाट जसपाका प्रदेश उपाध्यक्ष शेषनारायण यादवबीच छलफल पश्चात् दुई बुँदे सहमति भएको हाे ।
अदालतको आदेशानुसार शीत भण्डारण निर्माण सम्बन्धमा यसै आर्थिक वर्षभित्र भुक्तानी गर्ने र अन्य शीत भण्डार कार्यलाई अघि बढाइने तथा आन्दाेलनकारीहरूको अन्य जायज माग समाधान गर्न मन्त्रालयले पहल गर्ने सहितका दुई बुँदे सहमति भएको छ ।
सहमति पत्रमा मन्त्रालयको तर्फबाट सचिव नम्रता सिंह र आन्दाेलनकारी कृषक समूहको तर्फबाट शेषनारायण यादवको सहमति पत्रमा हस्ताक्षर रहेको छ । यादवले अदालतका आदेश कार्यान्वयन गर्न मन्त्रालयले गरेको सहमति अनुसार रनिङ्ग बिल बराबरको बक्यौता रकम यसै आर्थिक वर्षभित्र भुक्तानी नगरे याे भन्दापनि कडा आन्दाेलन गर्ने चेतावनी दिएका छन ।
धनुषाको लक्ष्मीनिया निर्माणाधीन शीत भण्डारणको पहिलाे चरणको सम्पन्न कार्य अनुसार ३ कराेड ८६ लाख बक्याैता रहेको छ । एक हजार मेट्रिक टन क्षमता भएको साे शीत भण्डारण निर्माणका लागि १६ कराेड १० लाखमा सहमति भएको थियाे ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया