अनुमतिविना एल सिक्स गिगाहर्ज फ्रिकेन्सी प्रयोग नगर्न टेलिकमको चेतावनी

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृतिविनै एल सिक्स गिगाहर्ज ब्यान्डको फ्रिकेन्सी प्रयोग गरेको भन्दै अनुमति विना फ्रिक्वेन्सी प्रयोग नगर्न एक सूचना जारी गरेको छ। प्राधिकरणको स्वीकृतिविना विभिन्न व्यक्ति तथा संस्थाहरूले दूरसञ्चार सेवामा प्रयोग हुने एल सिक्स गिगाहर्ज ( 5.925 GHz to 6.425 GHz ) ब्यान्डको माइक्रो वेभ फ्रिक्वेन्सीप्रयोग गर्न सक्ने भन्ने बुझिएकाले कसैले पनि स्वीकृति नलिई त्यस्तो फ्रिक्वेन्सी प्रयोग नगर्न/नगराउन आज एक सूचना जारी गरेको हो |
प्राधिकरणबाट अनुमति प्राप्त नगरी अनधिकृतरूपमा दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाइएमा दुरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही हुने व्यहोरा समेत प्राधिकरणले स्पष्ट पारेको छ | प्राधिकरणबाट अनुमति नलिई गैरकानूनीरूपमा कोही कसैले फ्रिक्वेन्सी प्रयोग गरेको कसैलाई थाहा/जानकारी भएमा पनि प्राधिकरणमा सूचित गर्न अनुरोध गरेको छ|

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

प्रतिक्रिया