राष्ट्रसंघलाई सरकारको चार पाने जवाफ
संविधानसम्मत् भएको जिकीर

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगमा भएको नियुक्तिबारे राष्ट्रसंघलाई नेपाल सरकारले मानवअधिकार आयोगमार्फत् संवैधानिक नियुक्तिहरू संविधान र कानुनसम्मत् जिकीरसहित पत्र पठाउने भएको छ । सरकारले पठाएको चार पृष्ठ लामो जवाफ आजै संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) लाई पठाउँदैछ । सरकारले अध्यादेशमार्फत् र संवैधानिक प्रक्रिया छल्दै नियुक्त पदाधिकारीका सन्दर्भमा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) ले गम्भीर प्रश्न उठाएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले जवाफ पठाएको हो ।
लामो बहस र छलफलपछि नियुक्ति गर्न पर्नुका कारण र नियुक्त व्यक्तिहरूको विवरण समेत खुलाएर जवाफ पठाएको हो । राष्ट्रिय मानव अधिकार संस्थाहरूको विश्वव्यापी सञ्जालमा उजुरी परेपछि नियुक्तिमाथि प्रश्न उठाउँदै राष्ट्र संघले नेपाललाई समय सीमा तोकेर चैत १० मा पत्र काटेको थियो । जेनेभास्थित उच्चायुक्तको कार्यालयले मानव अधिकार आयोगलाई प्रश्न गरेपछि आयोगले उक्त नियुक्तिबारे सोधिएको पत्र सरकारलाई पठाएको हो ।
आयोगले कानुन र संविधान अनुसार काम गरिरहेको र आयोगमा नियुक्ति पनि त्यही अनुरुप भएको समेत दाबी लिएको छ । संवैधानिक परिषद्मा कानुन बमोजिम तय गरेर नियुक्ति तय भएको समेत उल्लेख छ । अध्यादेशले त प्रक्रियालाई केही सहजीकरण मात्र गरेको तर कानुनलाई बलमिच्याई नगरेको तर्क सरकारको छ।
राष्ट्रसंघीय उच्चायुक्तबाट नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै आएको पत्रको जवाफ सरकारले आयोगलाई सोमबार दिएको छ । यो जवाफ जस्ताको तस्तै आजै जेनेभा पठाउने छौँ,’ आयोगका सचिव वेदप्रसाद भट्टराईले इकागजसँग भने, ‘नियुक्ति प्रक्रियामा आयोगको संलग्नता हुँदैन । यसरी आएको पत्रको जवाफ सरकारले दिने हुनाले हामीले सरकारको जवाफ जस्ताको तस्तै पठाउन लागेका हौँ ।’
मानव अधिकार उच्चआयुक्तको पत्रले सरकारलाई एक प्रकारको सकस नै परेको थियो । यस विषयमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयसँग लगातार छलफल मात्र गरेन कि राष्ट्रसंघमा पर्न सक्ने असरहरू र दिनुपर्ने जवाफ बारेको जिम्मा मुख्यसचिव शंकरदास बैरागीलाई दिएर त्यसमा काम भएको थियो ।
यो पनि
मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्रसंघले उठायो प्रश्न
मुख्य सचिवले लगातार छलफल गरेपनि यसको अधिकांश कार्य भने प्रधानमन्त्रीको निजी सचिवालयले गरेर चार पेज लामो पत्र तयार गरेको हो । आयोग आफैमा स्वायत्त हुनाले सरकारले कसरी जवाफ दिने भन्नेमा अन्यौल परेको यसमा संलग्न एक अधिकारीले बताए । तर पनि नियुक्ती गर्नु पर्ने कारण, अध्यादेशको साहरा, परिषदमा नियुक्ति भएको व्यक्तिको प्रोफाइललगायत पठाएर थापथुम पार्ने पत्र लेखेको छ ।
नेपालले दिएको जवाफ चित्त बुझ्दो नभए राष्ट्र संघमा विभिन्न बैठकमा प्रश्न उठ्नेछ । नेपाल परिषद्को सदस्य समेत रहेको हुनाले पनि त्यहा पटक पटक ठेस लाग्ने निश्चित छ । संवैधानिक परिषद्ले संसद् छल्ने योजनासहित अध्यादेशमार्फत् षड्यन्त्रमूलक तरिकाले आयोगलगायतका संवैधानिक अंगमा पदाधिकारी नियुक्त गरेको थियो ।
संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले ‘आफ्ना मानिस’ नियुक्ति गरी संवैधानिक अंगलाई ‘औजार’ बनाउने उद्देश्यअनुरुप अध्यादेशका आधारमा नियुक्त भएको समग्र बुझाईलाई राष्ट्रसंघले पनि नबुझ्ने भएन ।
यस्तो गम्भीर विषयलाई सामान्यीकरण गरियो र त्यसको साक्षी प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्ष बने । त्यो निर्णय हुँदा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाकोे उपस्थिति थिएन । जसको संविधानतः संसदीय सुनुवाई समेत भएको छैन ।
नेपालको मानव अधिकारको अवस्था, यहाँको प्रणाली मूल्यांकन गर्दै सदस्यता निम्ति सहयोग गरेका थिए । तर, प्रश्न उठेपछि नेपालको ‘र्यांक’ समेत घट्न सक्छ । त्यसको प्रभाव सदस्य भएपछि गरेका कार्यमा पर्ने निश्चित रहेको परराष्ट्र अधिकारीले जानकारी दिए । ‘पेरिस सिद्धान्त’ विपरीत नेपाल सरकारले यस्तो नियुक्ति गरेको भन्दै अन्तराष्ट्रिय मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूले प्रश्न उठाएका हुन् । उक्त सिद्धान्तमा मानवअधिकार आयोगको नियुक्ति प्रक्रिया पारदर्शी, स्वतन्त्र र निष्पक्ष हुनुपर्ने व्यवस्था छ ।
नियुक्ति प्रक्रियामा भएका बद्मासीपछि एसियन ह्युमन राइट्स् कमिसन, हङकङ, एड्भोकेसी फोरम नेपाल, तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड अलाएन्स) र नेपालका आदिवासीहरूको मानवअधिकार सम्बन्धी वकील समूहले राष्ट्रिय मानवअधिकार संस्थाहरूको विश्वव्यापी सञ्जाल (गाङ्ह्री) मा निवेदन परेपछि ओएचसीएचआरले प्रश्न गरेको हो ।
यो पनि
राष्ट्रसंघको एउटै पत्रले 'सकस'मा सरकार
सरकारले ३० मंसीरमा भूमिगत शैलीमा अध्यादेश जारी गरी त्यही आधारमा नियुक्ति भएको हो । ६ सदस्यीय संवैधानिक परिषदमा तीन सदस्यले मात्रै पनि निर्णय गर्न सक्ने ‘स्वेच्छाचारी अध्यादेश’ जारी भएको थियो ।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने ६ सदस्यीय परिषदमा बैठकका लागि कोरम पुग्न पाँच सदस्यको उपस्थिति अनिवार्य हुने कानुनी व्यवस्था छल्दै अध्यादेशमार्फत् तीन सदस्यकै उपस्थितिमा गैरसंवैधानिक निर्णय भएको थियो । परिषदमा प्रधानमन्त्रीले आफू अनुकूल व्यक्ति भर्ना गर्ने शैली अपनाएपछि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता देउवाले बैठक बहिष्कार गरेका थिए ।
राष्ट्रिय मानव अधिकार संस्थाहरूको विश्वव्यापी सञ्जालमा उजुरी परेपछि नियुक्तिमाथि प्रश्न उठाउँदै राष्ट्र संघले नेपाललाई समयसीमा नै तोकेर पत्र काटेको थियो । जेनेभास्थित उच्चायुक्तको कार्यालयले मानव अधिकार आयोगलाई ११ दिनअघि पत्र पठाएको थियो । राष्ट्रसंघीय उच्चायुक्तबाट नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै पत्र राष्ट्रिय मानव अधिकार आयोगमा आएलगत्तै त्यहाँबाट सरकारलाई पठाइएको थियो ।
संवैधानिक परिषद्ले संसद् छल्ने योजनासहित अध्यादेशमार्फत् षड्यन्त्रमूलक तरिकाले आयोगलगायतका संवैधानिक अंगमा पदाधिकारी नियुक्त गरेपछि यसको सर्वत्र विरोध भएको थियो । संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले ‘आफ्ना मानिस’ नियुक्ति गरी संवैधानिक अंगलाई ‘औजार’ बनाउने उद्देश्यअनुरुप अध्यादेशको शाहरा लिएका थिए । जसको साक्षी प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष बने । त्यो निर्णय हुँदा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति थिएन । त्यतीमात्र होइन संविधानतः संसदीय सुनुवाई समेत भएको छैन । संसद् रहेको तर संसदीय सुनुवाई नगरी यसरी परिषद्को सिफारिसमा नियुक्त गर्दा समस्यामा परेको धारणा अधिकारीहरूले कसरी राख्ने भन्दै अन्यौलमा परेका छन् ।
यो पनि
संवैधानिक नियुक्ति प्रकरण जेनेभासम्म पुग्नु दुर्भाग्य
नियुक्ति प्रक्रियामा भएका बद्मासीपछि एसियन ह्युमन राइट्स् कमिसन, हङकङ, एड्भोकेसी फोरम नेपाल, तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड अलाएन्स) र नेपालका आदिवासीहरूको मानवअधिकार सम्बन्धी वकील समूहले राष्ट्रिय मानवअधिकार संस्थाहरूको विश्वव्यापी सञ्जाल (गाङ्ह्री) मा निवेदन परेपछि ओएचसीएचआरले प्रश्न गरेको हो ।
सरकारले ३० मंसीरमा भूमिगत शैलीमा अध्यादेश जारी गरी त्यही आधारमा नियुक्ति भएको हो । ६ सदस्यीय संवैधानिक परिषदमा तीन सदस्यले मात्रै पनि निर्णय गर्न सक्ने ‘स्वेच्छाचारी अध्यादेश’ जारी भएको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा हुने ६ सदस्यीय परिषद्मा बैठकका लागि कोरम पुग्न पाँच सदस्यको उपस्थिति अनिवार्य हुने कानुनी व्यवस्था छल्दै अध्यादेशमार्फत् झेली निर्णय भएको थियो ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया