सप्तरीकी एक उपप्रमुखविरुद्ध उजुरी, भारतीय नागरिक रहेको दाबी

सप्तरी- सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरुद्ध कीर्ते गरी नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो ।
‘प्रशासनमा उजुरी दर्ता भएको सुनेको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।
उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको उजुरीमा दाबी गरिएको छ । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको आरोप उजुरीमा लगाइएको छ ।
भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेकाे दाबी गरिएकाे छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथ पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा समावेश गरिएको छ ।
तर, प्रमाणको रुपमा पेस गरिएका कागजात र आरोपको सत्यता अनुसन्धानबाट मात्र खुल्ने भएकाले अहिले नै दोषीको रुपमा हेर्न नमिल्ने सहायक प्रमुख जिल्ला अधिकारी गिरीले बताए । न्युज कारखाना

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया