ठूला सहरमा अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्जलगायतका ठूला सहरका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव तयार गरेको छ । शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकका लागि मन्त्रालयले सो प्रस्ताव तयार पारेको हो ।
पछिल्लो समय भारतमा कोभिड-१९ संक्रमण बढिरहेको र त्यसको प्रभाव नेपालमा समेत देखिएकाले मन्त्रालयले सजगता अपनाउन यस्तो प्रस्ताव गरिएको जनाएको छ । कोभिडको दोस्रो लहर आएसँगै शुक्रबार मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढीको भेला नहुन आग्रह गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयले तयार गरेको प्रस्ताव शनिबार सीसीएमसी बैठकमा प्रस्तुत गरिने बताए । ‘कोभिड संक्रमण बढिरहेको हुनाले जनस्वास्थ्यको मापदण्डलाई पछ्याएर कोभिड नियन्त्रण गर्न खोजिएको हो,’ उनले भने, ‘प्रतिकूल अवस्था आयो भने लकडाउन गर्नुपर्ने हुन्छ । लकडाउन एकदमै खर्चिलो हुने भएकाले सकेसम्म त्योभन्दा अगाडि गर्न सकिने कोसिस गर्न खोजेका हौँ ।’

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

आँप खाँदा आउन सक्छ पिम्पल, यी पाँच उपायले जोगिनुस्

प्रतिक्रिया