श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका पदाधिकारीको फुली फुकाल्यो
पुनः निर्णय गर्न श्रम कार्यालयमा मिसिल फिर्ता

काठमाडौं - श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलगायत कथित महाधिवेशनबाट ‘निर्वाचित’ भएका पदाधिकारीहरुको फुली फुकालिदिएको छ । अदालतले संघको निर्वाचनसम्बन्धी पुनः निर्णय गर्न श्रम कार्यालयलाई आदेश दिंदै यसअघि आफैले जारी गरेको अन्तरकालीन आदेश निष्क्रिय गर्ने आदेश जारी गरेर पदाधिकारीहरुको फुली फुक्लिएको हो ।
संघले गत कात्तिक ५ गते १२ औं महाधिवेशन गरेको थियो । उक्त महाधिवेशन विवादित भई श्रम तथा रोजगार कार्यालयमा उजुरी परेको थियो । श्रम कार्यालयले गत पुस २५ गते महाधिवेशनलाई अस्वीकृत गर्ने निर्णय गरेको थियो । श्रम कार्यालयको निर्णयमुताबिक विद्युत् प्राधिकरण व्यवस्थापनले ‘संघको केन्द्रीय समितिको रुपमा मान्यता दिई व्यवहार गर्न हाललाई नसकिने’ निर्णय गत माघ ३ गते गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध संघले श्रम अदालतमा रीट हालेको थियो ।
श्रम अदालतले माघ १३ गते संघलाई मान्यता नदिने प्राधिकरणको निर्णयलाई अन्तरकालीन आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेशलाई जारी राख्ने कि नराख्ने भनी श्रम अदालतले गत फागुन ५ गते पुनः जारी राख्ने भन्ने फैसला गरेको थियो ।
गत विहीबार (साउन २६, २०७९) मा श्रम अदालतले उक्त अन्तरिम आदेशलाई निष्कृय गर्ने फैसला गर्दै संघको निर्वाचनका सम्बन्धमा श्रम तथा रोजगार कार्यालयमा पुनः निर्णयका लागि पठाउने आदेश गरेको हो । अदालतको यो आदेशसँगै प्राधिकरण व्यवस्थापनलाई ‘संघको केन्द्रीय समितिका रुपमा व्यवस्थापनबाट मान्यता दिई व्यवहार गर्न नसकिने’ भन्ने पुरानो निर्णयले निरन्तरता पाउने भएको छ ।
प्राधिकरणको वार्षिकोत्सवको पूर्वसन्ध्यामा श्रम अदालतबाट आएको आदेशले संघको गरिमामा समेत प्रश्न उठेको छ ।
र, यो पनि
प्राधिकरण कर्मचारी संघको महाधिवेशन विवादमा
प्राधिकरणले भन्यो : केन्द्रीय समितिको रुपमा मान्यता दिन सकिँदैन

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया