पूर्वराजा कन्ट्याक्ट ट्रेसिङमा परेपछि कोभिड परीक्षण गर्दै
कुम्भ मेलामा सहभागी यूपीका पूर्वमुख्यमन्त्रीसहित ९ साधुमा संक्रमण
काठमाडौँ : छिमेकी भारतको हरिद्वारमा महाकुम्भ मेलामा सहभागी भएर पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली पुगेका छन् । उनको दिल्ली बसाई कति दिनको हो स्पष्ट छैन । यद्यपि उनले त्यहाँ राजनीतिक, पारिवारिक, साथी-सँगीसँग भेटघाट गर्ने छन् । उनी गत बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह हरिद्वारमा महाकुम्भ मेलामा सहभागी हुन भारत प्रस्थान गरेका थिए ।
आरम्भमा पनि तीन दिनको दिल्ली बसाइ र भेटघाटपछि उनी आइतबार शाही स्नानका लागि हरिद्वार पुगेका थिए । त्यहाँ उनलाई वहालवाला राजालाई झै सम्मान गरेका थिए । पूर्व राजाले पनि मुलुकको चिन्ता त्यहाँ पनि व्यक्त गरेका थिए । पूर्वराजा शाहसहित मेलामा सहभागी उनको समूह कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । उनले दिल्लीमै कोभिड-१९ परीक्षण गर्ने भएका छन् ।
उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथलाई कोभिड-१९ संक्रमण देखिएको छ । चैत २९ मा कुम्भमेलामा पूर्वराजा शाह मेलामा सहभागी भएपछि दोस्रो दिन सोमबार पूर्वराजा शाहले शाही स्नान गरेका थिए । यद्यपि शाही स्नानमा आदित्य सहभागी थिएनन् । तर, पूर्वराजा शाह सहभागी भएको मेलामा उपस्थित उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव र ९ प्रमुख साधुलाई कोभिड-१९ संक्रमण पूष्टी भइसकेको छ । आइतबार नै मेलामा सहभागी भएका यूपीका पूर्वमुख्यमन्त्री यादवमा भने कोभिड-१९ पूष्टी भएको छ । यादवले ट्वीटमार्फत जानकारी दिँदै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
'भर्खरै मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मैले आफूलाई सबैजनाबाट अलग्गै राखेको छु,' उनले भनेका छन्, 'पछिल्ला केही दिनहरूमा मेरो सम्पर्कमा आएका मानिसहरूलाई परीक्षण गर्न विनम्र अनुरोध गर्दछु । केही दिन आइसोलेसनमा बस्न समेत बिन्ती गर्दछु ।'
१४ हिन्दु समूहका नेता नरेन्द्र गिरीलाई कोरोना संक्रमण पूष्टी भएको छ । उनै गिरीले यादवसँग भेटघाट गरेका थिए । मेलामा खटिएको कोभिड-१९ परीक्षण टोलीले मंगलबार लिएको २० हजार नमूना परीक्षणमा ११० जनामा संक्रमण देखिएको थियो । सोमबारको परीक्षणमा १८४ भक्तजनहरूमा संक्रमण पूष्टी भएको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले ट्वीटरमार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनले भनेका छन्, 'सुरुवाती लक्षण देखिएपछि मलाई कोभिडको जाँच गराउँदा मेरो रिपोर्ट पोजिटिभ आएको छ । म सेल्फ आइसोलेसनमा छु र चिकित्सकको परामर्श लिएर पूर्णरुपमा पालना गरिरहेको छु । सबै काम भर्चुअल माध्यमबाट सम्पादन गरिरहेको छु ।'
त्यस्तै प्रदेश सरकारको सबै गतिविधिहरू सामान्यरुपमा सञ्चालित भइरहेको उनले लेखेका छन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वाब परीक्षण गराउन आग्रह समेत गरेका छन् । बीबीसीले दिएको जानकारी अनुसार आदित्यनाथ मेला स्थलमा सहभागी भएका थिएनन् ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया