दश हजार नमूना परीक्षण गर्दा ४४ जनामा सिकलसेल
बाँके - बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ । एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।
आज कोहलपुर–२ मा सिकलसेलको नमूना परीक्षण गरिएको कोहलपुरका स्वास्थ्य शाखाका प्रमुख अनिल सेनले बताए । उनका अनुसार थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी कोहलपुरमा के कति मात्रामा छन् भन्ने विषयमा बुझ्नका लागि गाउँगाउँमा गएर सिकलसेल एनमियाको नमूना परीक्षण र उपचार भइरहेको छ ।
कोहलपुर नगरपालिकाका सिकलसेल स्थानीय स्रोत व्यक्ति शिव गौतमले कोहलपुरमा २२ हजारभन्दा बढीको सङ्ख्यामा थारु समुदाय रहेको बताएका छन् । “कोहलपुरमा १० हजार नमूना परीक्षण गरिसक्यौँ”, उनले भने, “तीमध्ये ४४ जनामा सिकलसेल, २० जनामा विटाथालेसेसिया र आठ सय ३१ जनामा बहाक रोग देखिएको छ ।”
वडाध्यक्ष हरि कठायतले विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरी घरघरमा नै सेवा प्रवाह गर्नेतर्फ वडा कार्यालय लागेको जानकारी दिए । रासस

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया