कांग्रेस र माओवादीले गठबन्धनको नाममा सत्ता कब्जा गर्न लागे : अध्यक्ष यादव

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितका दलले गठबन्धनको नाममा सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् ।
शनिबार पिछडा वर्ग महासंघ (ओबीसी) को तेश्रो राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, 'पछिल्लो पटक प्रतिगमनका विरुद्ध हामीले गठबन्धन गरेका थियौं न कि चुनावका लागि, अहिले कांग्रेस कम्युनिष्टहरूले साे को फाइदा उठाउँदै सत्ता कब्जा गर्न लागे ।'
उनले गठबन्धनको नाममा आँखा बन्द गरेर कांग्रेस र कम्युनिष्टहरूमाथि विश्वास गर्ने जस्ता आत्मघाती कदम उठाउने भन्दै हैसियतको आधारमा सिटमा तालमेल नभए गठबन्धनमा नबस्ने चेतावनी दिए ।
अध्यक्ष यादवले गठबन्धनमा बराबरीको हक नदिए जसपाले गठबन्धन बाहिर रहेर पनि काठमाडौँमा एक्लै चुनाव लड्ने जिकिर गरे । 'लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले सडक आन्दोलन गर्यो, तर आज हामीलाई कमजोर बनाउन गठबन्धनको नाममा कमजोर बनाउन खोजिँदैछ,' उनले भने ।
उनले जसपा समग्र ओबीसी र मधेशीलाई एकजुट हुन आग्रह समेत गरे ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ओबीसीमा आबद्ध जाति एकजुट भईदिए आफ्नै सरकार बनाउन सक्छ भने कुनैपनि सरकारलाई हटाउन पनि सक्ने बताउँदै सम्पूर्ण पिछडा वर्गलाई एकजुट हुन आग्रह गरे ।
उनले ओबीसीमा रहेका जातिहरू आफ्नै कमीका कारण कमजोर रहेको चर्चा गर्दै पछिल्लो पटक बजेट विनियोजन गरेपनि काम गर्न नसकेकाे उल्ले गरे । उनले भने, 'हामी सरकारमा बसुञ्जेलसम्म कानुन बनाउन नसकेपनि जाँदाजाँदै गठन अध्यादेशमार्फत भएपनि ओबीसीको सरकारी स्तरमा संगठन बनाउने प्रतिबद्धता छ ।'
सो कार्यक्रममा प्रदेश सभा सदस्य रामआशिष यादवले ओबीसीमा रहेका जातिहरूको हकहितका बारेमा कुरा गर्ने र सहयोग गर्ने पार्टीलाई मात्र आगामी निर्वाचनमा जिताउन आग्रह गरे ।
ओबीसी महासंघका अध्यक्ष भरत महतोको अध्यक्षता सम्पन्न सो कार्यक्रममा जसपाका केन्द्रीय सदस्य लालकिशोर साह र बलराम महतो लगायतका वक्ताहरूले आ-आफ्ना धारणा राखेका थिए ।

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

प्रतिक्रिया