लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न दलहरू छलफलमा

काठमाडौँ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव गर्न दलहरु छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको दर्ता गर्न छलफल गरेका हुन् ।
‘अविश्वासको प्रस्ताव दर्ता गर्न हामी छलफलमै छौँ,’ नेपाली कांग्रेसका सांसद तथा संसदको सार्वजनिक लेखासमितिका सभापति डिल्ली चौधरीले भने, ‘आज नै अविश्वासको प्रस्ताव गर्ने तयारी छ ।’
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१ सांसद छन् । नयाँ सरकार गठन गर्नका लागि ४४ सांसद चाहिन्छ । यहाँ नेकपा माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका १ सांसद छन् ।
गण्डकीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा मिलेर एमालेका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उक्त रणनीति लुम्बिनीमा पनि हुने देखिन्छ । सोही कारणले मुख्यमन्त्री पोखरेल जोखिममा छन् ।

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया