आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

ओली भारतको टाङमुनि छिरिसके : देउवा

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनी छिरेको बताएका छन् । पार्टीको भ्रातृसंस्था नेपाल विर्द्यार्थी संघ (नेविसंघ)को ५२ औं स्थापना दिवसका अवसरमा बालमिकी क्याम्पसमा आयोजित क्याम्पसमा आयोजित कार्यक्रममा देउवाले ओली राष्ट्रवादी नभएर अवसरवादी भएको बताए । 

‘हिजो सबैभन्दा राष्ट्रवादी भन्‍ने ओली आज इन्डियाको तुमशरणम् भइसके,’ देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेका ओली अहिले भारतको टाङमुनि छिरिसके, कहाँ छ त्यो राष्ट्रवाद? त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन् ।’

देउवाले नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिँदै नयाँ सरकारबारे पहल कदमी नचाल्ने देउवाले बताए । ‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन् । ओलीलाई जसपाले साथ दिन खोजिरहेको छ । अहिले कसरी नयाँ सरकार बनाउनेबारे कुरा हुन्छ,’ उनले भने ।