थप २ हजार ३५१ जनामा कोभिड–१९ संक्रमण

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार २२० जनामा संक्रमण देखिएको हो भने ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ नजामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना संक्रमित थपिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८९ हजार ७८७ पुगेको छ । त्यस्तै थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ११२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
थप २८७ जना कोरोना मुक्त हुँदा नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार ९३ जनाले संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १० हजार ५ सय ८२ जना संक्रिय संक्रमित छन् भने ८६ जना क्वारेन्टाइनमा छन् । हालसम्म २३ लाख ६९ हजार ४०१ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

आँप खाँदा आउन सक्छ पिम्पल, यी पाँच उपायले जोगिनुस्

प्रतिक्रिया