बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडी- बैतडीमा प्रहरी बोकेको जीप सोमबार बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार दुर्घटनामा परेर जीपमा सवार रहेका ६ जना प्रहरीको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुको भने पहिचान भएको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जीप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया