मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

कैलाली ५ को मतगणनास्थल बाहिर नाराबाजी

धनगढी- कैलाली क्षेत्र नम्बर ५ को मतगणना स्थलबाहिर नाराबाजी सुरु भएको छ । मतगणनामा ढिलाई भएको भन्दै एमाले, स्वतन्त्र उम्मेदवारका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

कैलाली ५ मा कांग्रेसले वडागत मतगणना गर्नुपर्ने अडान राखेको छ भने अन्य दलले त्यसलाई स्वीकारेका छैनन् । विवादकैबीच मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि उनी आरम गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृतको स्वास्थ्य समस्यासँगै कैलाली ५ को मतगणना अनिश्चि बनेको छ ।