कैलाली-५ मा भोलि बिहान ८ बजेदेखि मतगणना हुने

धनगढी- कैलाली क्षेत्र नम्बर ५ को मतगणना भोलि (मंगलबार) ८ बजेदेखि मात्रै हुने भएको छ ।
सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी भएपछि सर्वदलीय बैठकको निर्णयले भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
निर्वाचनको बढ्दो दौडधुपका कारण मुख्य निर्वाचन अधिकृत बिरामी परेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए ।
उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ । कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया