कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

पोखरा- कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलको अग्रता कायमै रहेको छ ।
कास्की २ को पछिल्लो मतपरिणाम अनुसार रास्वपाका कंडेल ३ हजार ५ सय ४९ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम् नेकपा एमालेका विद्या भट्टराईले ३ हजार ३ सय ९९ मत ल्याएकी छिन् । सोही क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल २ हजार ३ सय ८८ मत प्राप्त गरेका छन् ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की ३ हजार ८ सय ३४ मतसहित अग्रस्थानमा छन् । भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले ३ हजार ७ सय ४७ मतसहित कार्कीलाई पछ्याइरहेका छन् ।

एमाले कर्णाली प्रदेश कमिटीको अभियानः सङ्गठन चलाउन ‘थैली अभियान’

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

गृहमन्त्रीको राजीनामा मागेर संसद अवरोध गर्नु लोकतन्त्र विपरीत होः प्रधानमन्त्री …

गृह मन्त्रालय र यातायात व्यवासयीबीच वार्ता समिति गठन गर्ने सहमति

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

एमालेको 'झोले अभियान'

प्रतिक्रिया