अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध

काठमाडौं- सरकारले विदेशी सामान आयात खुला गरे पनि अटो व्यवसायमा लगाउँदै आएको कर्जा सीमा नहटाएसम्म व्यवसायमा सुधार नआउने व्यवसायीहरूले बताएका छन् ।
आज काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा उनीहरूले अटो कर्जाको सीमा अन्त्य र एलसी खेल्दा नगद मार्जिन हटाउन नेपाल राष्ट्र बैंक र सरकारलाई आग्रह गरेका हुन्
प्रदर्शनमा सहभागीहरूले बैंक ब्याजदर नियन्त्रण गर्न पनि नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गरेका छन् । खुला अर्थतन्त्रमा यसरी कर्जामा सीमा लगाएका कारण अटो व्यवसाय चौपट भएको उनीहरूको दुखेसो छ ।
साथै, तरलता अभावलाई सहज बनाउन, बैंकहरूलाई अटो व्यवसायमा लगानी बढाउने गरी ढोका खोल्न उनीहरूको आग्रह छ । सरकारले अटो व्यवसायललाई सहज बनाउने वातावरण बनाउन पनि आग्रह छ । प्रदर्शनमा सहभागीहरूको भनाइ छ, 'निजी क्षेत्र सरकार विरोधी होइनन् सरकारलाई सहयोग नै गर्न स्थापना भएका हुन् । तर, राष्ट्र बैंक र सरकारले ल्याएका नीति अटो व्यवसायीविरोधी छन् । त्यसलाई सुधार गर्नुपर्छ ।’

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया