बागमती प्रदेशको मुख्यमन्त्री जमकट्टेल हुने

मकवानपुर- बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका नेता शालिकाराम जमकट्टेल बन्ने भएका छन् । उनी यसअघि पनि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् र हाल प्रदेशको आर्थिक मन्त्री पनि ।
सत्ता साझेदार दलको भागबण्डा अनुसार आलोपालो हुने बागमती प्रदेशमा माओवादी केन्द्रले नेतृत्व लिने भएसंगै अबको मुख्यमन्त्री जमकट्टेल हुने लगभग पक्का भएको हो ।
माओवादीका नेता तथा धादिङबाट प्रदेश सभामा निर्वाचित भएका जम्कट्टेलले सोमबार एमाले र राप्रपाको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् ।
सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बागमतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको छ । बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री थिए ।
१ सय १० सिट रहेको बागमती प्रदेशमा एमालेका २७, माओवादी केन्द्रको २१ तथा राप्रपाको १३ सिट रहेको छ भने बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक रहन्छ । तीन दल मिल्दा यहाँ ६१ सिट पुग्दछ ।
माओवादी केन्द्रबाट संसदीय दलको नेता रहेका उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले हालसम्म कै उत्कृष्ट काम गरेर देखाउने दाबी गर्दै आएका छन् ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया