सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

करेण्ट लागेर एकको मृत्यु

मकवानपुर- करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।

हेटौँडा १७ स्थित कर्रा जोडधारा खोला भन्ने ठाउँमा निवासी वर्ष १८ को अमृत  तामाङले माछा मार्नको लागि करेण्ट मिलाउने क्रममा अचानक करेण्ट लागि घाइते भएका थिए । 

उपचारको लागि  स्थानियले हेटौँडा अस्पताल ल्याएकोमा उपचारको क्रममा राती साढे १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दिउँसो माछामार्न करेन्ट मिलाउँदा घाइते भएका तामाङको ढिलोगरी उपचारमा ल्याइएको निजको श्रीमती कोपिला तामाङले जानकारी दिएको प्रहरीले जनाएको छ । अहिले शव हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।