बागमतीमा जम्कट्टेलले लिए सपथ, तीन सदस्यीय मन्त्रिपरिषद् गठन

मकवानपुर- बागमती प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त भएका शालिकराम जम्कट्टेलले आज सपथ लिएका छन् । उनले मुख्यमन्त्रीको सपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरेका छन् । अन्य दुई मन्त्रीहरूले पनि सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट सपथग्रहण गरेका थिए ।
आजै सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पनि शपथ लिए । थपलियाले भौतिक पुर्वाधार मन्त्रालय पाएका छन् भने, थापाले बिनाविभागीय मन्त्रीको सपथ लिएका हुन् ।
प्रदेशमा एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/ २ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताएका छन् ।
बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीसहित ५ दलको ७० जना सांसदहरू समर्थनमा सरकार बनेको हो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया