किशोरीको हत्या गरेको अभियोगमा पक्राउ

रौतहटः दुर्गा भगवती गाउँपालिका–४ छतौना टोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या अभियोगमा ३३ वर्षीय फुल महम्मदलाई प्रहरीले पक्राउ गरेको छ ।
१९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर हत्या भएको प्रहरीले बताएको छ । महम्मद समेत ४ जनाले रोबिनाको हत्या गरी सोही ठाउँका जनरल कवाडीको घरमा शव राखेको खबरका आधारमा प्रहरीले महम्मदलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउँका ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकी श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी फरार रहेको प्रहरीले जनाएको छन् । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया