बागमती प्रदेश सभाको उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित

मकवानपुर- बागमती प्रदेश सभाको उपसभामुखमा अप्सरा चापागाईं खत्री निर्वाचित भएकी छन् । सोमबार प्रदेश सभामा भएको उपसभामुखको निर्वाचनमा खत्री निर्वाचित भएकी हुन् ।
उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरू समेतको गरी ६१ मत प्राप्त गरी विजयी भएकी हुन् । ११० सदस्यीय प्रदेश सभामा मतदानका क्रममा १०८ जना सांसद उपस्थित थिए । खत्रीको विपक्षमा ३९ सांसदले मतदान गरे भने ७ सांसद तटस्थ रहेका थिए ।
यसअघि भएको मतदानको विभाजनमा प्रदेशको उपसभामुख पदका उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले जम्मा ३ मत प्राप्त गरिन् । उनको विपक्षमा ६१ सांसदले मतदान गरे भने र तटस्थमा ४४ सांसद रहेका थिए ।
एमालेकी चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक रहेका थिए । ललितपुरकी खत्री नेकपा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभामा निर्वाचित भएकी हुन् ।
उपसभामुखमा नेपाली कांग्रेसकी सोना परियार, नेपाल मजदुर किसान पार्टीकी रीता काफ्ले र एमालेकी अप्सरा चापागाईं खत्रीले उम्मेदवारी दर्ता गराएका थिए । उपसभामुख पदको निर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा दुई जनाबीच मात्रै प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सुना परियारको भने उपसभामुखमा निर्वाचन भएन ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरू आफूहरू मध्ये सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रदेश सभाको पहिलो बैठक पुस १८ गते बसेको थियो ।
यसअघि पुस २९ गते प्रदेश सभामुखमा राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका छन् । सभामुख पाठकको अध्यक्षतामा बसेको प्रदेश सभाको चौथो बैठकले उपसभामुख चयन गरेको हो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया