बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन् । आज मङ्गलबार भएको मतदानमा ११० सदस्यमध्ये ९५ प्रतिशतले मत दिएका हुन् ।
बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका थिए । विश्वासको मतका लागि उनलाई ५६ मत आवश्यक थियो ।
उनको विपक्षमा ३ जनाले मात्रै मत दिए । सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईं विश्वासको मतमा सहभागी भएनन् । प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो ।
पुस २६ गते केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएको कांग्रेसले मंगलबार प्रदेशमा माओवादीकै मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो ।
मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टिको २ जनाले विश्वासको मत दिएका हुन् ।
जमकट्टेल ५ दलको ७० सांसदको समर्थनमा गत पुस २५ गते प्रदेशको चौँथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्रीमा केन्द्रको समीकरण बाहिर रहेको समाजवादी र हाम्रो पार्टी नेपालले समर्थन गरेको थियो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया